• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खस्किँदो जनमत सुधार्ने, संगठन बलियो बनाउने

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खस्किँदो जनमत सुधार्ने, संगठन बलियो बनाउने
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खस्किँदो जनमत सुधार्ने, संगठन बलियो बनाउने र पार्टीभित्र रूपान्तरण ल्याउने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। तर, विगतमा पटक–पटक सञ्चालन गरिएका यस्ता अभियानले अपेक्षित चुनावी परिणाम दिन नसकेकाले यसपटकको अभियानले पार्टीको अवस्था बदल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेश र पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणामले नेकपामाथि संगठन सुधार र जनविश्वास फर्काउने दबाब बढाएको छ। अभियानमार्फत पार्टीले जनताका गुनासा सुन्ने, विगतका कमजोरी पहिचान गर्ने र आगामी निर्वाचनका लागि नयाँ रणनीति बनाउने लक्ष्य लिएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार अभियान तीनवटा मुख्य उद्देश्यमा केन्द्रित छ। पहिलो, पार्टी सदस्यता नवीकरण, संगठनात्मक एकता र महाधिवेशनको तयारीलाई अघि बढाउने; दोस्रो, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि संगठन तयार पार्ने; र तेस्रो, राष्ट्रिय स्वाधीनता, जनजीविका, महँगी तथा प्राकृतिक विपद्पछिको सरकारी व्यवस्थापनलगायत विषयमा जनतालाई सचेत बनाउने।

अभियानका क्रममा केन्द्रीय नेताहरू जनताको बीचमा पुगेर सुझाव र गुनासा संकलन गर्ने तथा त्यसका आधारमा आगामी कार्ययोजना बनाउने नेकपाको तयारी छ। अभियानपछि केन्द्रीय समितिको बैठक बसेर प्राप्त सुझावको समीक्षा गर्ने र नयाँ कार्यक्रम तय गर्ने प्रचण्डले बताएका छन्।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा पार्टी र सरकारको नेतृत्वमा रहँदा भएका कमजोरीको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वाधीनताको रक्षा र संविधानको संरक्षणका लागि जनचेतना फैलाउनु अभियानको अर्को उद्देश्य रहेको उनको भनाइ छ।

नेपालले पार्टीका नेताहरू जनताबाट टाढिँदै गएको प्रवृत्तिप्रति आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन्। कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अभियानलाई पार्टी रूपान्तरणको अवसरका रूपमा प्रस्तुत गरेका छन्।

विगतका अभियानले किन बदलेनन् चुनावी परिणाम?

नेकपा गठन हुनुअघि तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका अभियान सञ्चालन गरेका थिए। माओवादी केन्द्रले महाधिवेशनपछि पार्टी शुद्धीकरण र रूपान्तरणलाई प्राथमिकता दिए पनि त्यसको प्रभाव चुनावी परिणाममा अपेक्षाकृत देखिएन।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले करिब ११ लाख ७५ हजार मत प्राप्त गर्दै ३२ सिट जितेको थियो। संसद्मा तेस्रो दल बनेको माओवादी केन्द्रले त्यसपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि जनमत विस्तार गर्न सकेन।

प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस र एमालेसँग पालैपालो सत्ता सहकार्य गरेको थियो। सत्ता समीकरणमा आएको परिवर्तनपछि कांग्रेस र एमालेबीच गठबन्धन बनेको थियो। त्यसपछि माओवादी नेतृत्वले देशव्यापी जागरण अभियानमार्फत जनतासँग सम्बन्ध सुधार्ने प्रयास गरेको थियो।

तर, अभियान चलिरहेकै समयमा जेनजी आन्दोलनले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्यायो। त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न घटकसँग एकता गरेर चुनावमा सहभागी नेकपाले करिब ८ लाख ११ हजार मत र १७ सिट प्राप्त गर्‍यो। राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५१ लाख ८५ हजार मतसहित पहिलो स्थान हासिल गर्दा नेकपा चौथो स्थानमा सीमित भयो।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले भने अभियानले पार्टीको आन्तरिक संगठन सुदृढ बनाउने र युवालाई पार्टीप्रति आकर्षित गर्ने दाबी गरेका छन्। सरकारका कमजोरी उजागर गर्नुका साथै आगामी स्थानीय तह निर्वाचनमा राम्रो परिणाम हासिल गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

केन्द्रीय संयोजन समिति सदस्य रामकुमार भट्टराईले वर्तमान सरकार जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका छन्। सरकारका गलत कामको विरोधसँगै पार्टीको संगठनात्मक सुधारलाई अभियानले प्राथमिकता दिने उनको भनाइ छ।

भट्टराईका अनुसार पार्टीका विभिन्न तहमा युवालाई प्रोत्साहन गर्ने नीति लिइनेछ। आवश्यक परे आगामी महाधिवेशनमा नेतृत्वको विषयमा पनि छलफल गर्न सकिने उनले बताएका छन्। उनका अनुसार जेनजी आन्दोलनपछि सदस्यता नवीकरण गर्नेको संख्या ६ लाख पुगेको छ भने पार्टीले सदस्यता संख्या १५ लाख पुर्‍याउने लक्ष्य राखेको छ।

एमाले र कांग्रेसमा पनि नेतृत्व परिवर्तनको दबाब

पछिल्लो निर्वाचनको परिणामले नेकपासँगै नेकपा एमालेको जनमतमा पनि ठूलो गिरावट देखाएको छ। २०७९ सालको निर्वाचनमा करिब २८ लाख मत प्राप्त गरेको एमाले यसपटक करिब १४ लाख मतमा सीमित भएको छ।

जेनजी आन्दोलनका क्रममा सरकारबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढालिनुलाई देशी–विदेशी शक्तिको षड्यन्त्रसँग जोड्दै आएका छन्। पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठे पनि ओलीले नेतृत्व छाड्ने संकेत नदेखाएको भन्दै आलोचना हुँदै आएको छ।

यसको विपरीत नेपाली कांग्रेसले भने नेतृत्व परिवर्तनको प्रक्रियालाई अघि बढाएको छ। पार्टीभित्रको विवादपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको थियो। हालै सम्पन्न १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। नयाँ नेतृत्वले पार्टी रूपान्तरण र आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अघि बढ्ने तयारी गरेको छ।

कांग्रेसमा नेतृत्व परिवर्तनको प्रक्रियाले गति लिँदा नेकपा र एमालेमा भने पुरानै नेतृत्वको निरन्तरताबारे बहस जारी छ। यही कारण आगामी निर्वाचनमा संगठन सुधारको नारा मात्र पर्याप्त हुने हो वा नेतृत्व र कार्यशैलीमै परिवर्तन आवश्यक छ भन्ने प्रश्न थप पेचिलो बनेको छ।

नेतृत्व नबदलिए अभियान कर्मकाण्डमै सीमित हुने टिप्पणी

नेकपाका पूर्वनेता महेश्वर दाहालले नेतृत्वको कार्यशैली नबदलिएसम्म जागरण अभियानले अपेक्षित परिणाम दिन नसक्ने टिप्पणी गरेका छन्। उनले विगतका अभियानमा उठेका विकृति र कमजोरीबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

दाहालका अनुसार पार्टीभित्र आलोचनात्मक आवाजलाई उचित स्थान नदिने र नेतृत्वको कमजोरी स्वीकार नगर्ने प्रवृत्तिले रूपान्तरणको प्रयासलाई कमजोर बनाएको छ। प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमा आत्मरूपान्तरणको स्पष्ट संकेत नदेखिएको उनको टिप्पणी छ।

नेकपाका लागि अहिलेको मुख्य चुनौती अभियान सञ्चालन गर्नु मात्र होइन, त्यसबाट प्राप्त सुझावलाई व्यवहारमा उतार्नु पनि हो। जनताको गुनासो सुन्ने, युवालाई नेतृत्वमा अवसर दिने, संगठनलाई व्यवस्थित बनाउने र विगतका कमजोरी सच्याउने काम प्रभावकारी रूपमा अघि बढे मात्र अभियानले सार्थकता पाउन सक्छ।

अन्यथा, विगतका अभियानजस्तै सभा, बैठक र प्रतिबद्धतामा सीमित हुने जोखिम रहन्छ। आगामी निर्वाचनले नेकपाको जागरण अभियान संगठनात्मक सुधारमा सफल भयो कि भएन र त्यसले जनमत फर्काउन सक्यो कि सकेन भन्ने कुराको वास्तविक परीक्षण गर्नेछ।

Previous Post

नेपालतर्फ ल्याउँदै गरेको ४ करोड भारुको स्मैकसहित दुई जना पक्राउ

Next Post

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav