• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपालतर्फ ल्याउँदै गरेको ४ करोड भारुको स्मैकसहित दुई जना पक्राउ

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
नेपालतर्फ ल्याउँदै गरेको ४ करोड भारुको स्मैकसहित दुई जना पक्राउ
0
SHARES
0
VIEWS

सञ्जय मिश्रा

रौतहट, ८ कात्तिक । भारतको बिहारस्थित रक्सौलमा नेपालतर्फ तस्करी गरी लैजान लागिएको करिब ४ करोड भारतीय रुपैयाँ बराबरको ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

भारतको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौलस्थित लक्ष्मीपुर चेकपोस्ट नजिक प्रहरीले शनिबार अपराह्न छापा मारेर १ किलो ८०६ ग्राम लागूऔषध बरामद गरेको हो। लागूऔषध तस्करीविरुद्धको विशेष कार्यदल (एसटीएफ) र प्रहरीको संयुक्त टोलीले गरेको कारबाहीमा तस्करीमा प्रयोग गरिएको स्कोर्पियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रक्सौल निवासी रमेश कुमार र पलनवा थाना क्षेत्रको बहुअर्वा निवासी सन्दीप कुमार रहेका छन्।

मोतीहारीका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातलाई गोरखपुरबाट स्कोर्पियो गाडीमा ठूलो परिमाणमा ब्राउन सुगर ल्याएर रक्सौल हुँदै नेपालतर्फ लैजान लागिएको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा उनले मोतीहारी र रक्सौलका प्रहरी सम्मिलित संयुक्त टोली परिचालन गरेका थिए।

कारबाहीका क्रममा प्रहरीले लागूऔषधका साथै स्कोर्पियो गाडी, दुई थान मोबाइल र सुनजस्तो देखिने धातुको एउटा लकेटसमेत बरामद गरेको छ। बरामद लागूऔषधको अनुमानित बजार मूल्य करिब ४ करोड भारतीय रुपैयाँ रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ परेका सन्दीप कुमार यसअघि पनि रक्सौल थाना क्षेत्रमा दर्ता भएको लागूऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ। घटनाबारे प्राथमिकी (एफआईआर) दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

बरामद लागूऔषध कहाँबाट ल्याइएको थियो, नेपालमा कसलाई र कहाँ पुर्‍याउने योजना थियो तथा यस कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उक्त कारबाहीको नेतृत्व अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्दले गरेका थिए। टोलीमा प्रखण्ड कृषि पदाधिकारी गौतम कुमार, प्रहरी निरीक्षक निर्भय कुमार राय, रक्सौल थाना प्रमुख रमेश कुमार महतोसहितका सुरक्षाकर्मी, एसटीएफ मोतीहारीको टोली तथा सशस्त्र सीमा बलका सुरक्षाकर्मी सहभागी थिए।

मोतीहारीका एसपी स्वर्ण प्रभातको नेतृत्वमा यसअघि पनि जिल्लाका विभिन्न स्थानमा लागूऔषधविरुद्ध कडा कारबाही गरिएको भारतीय प्रहरीले जनाएको छ। प्राप्त विवरणअनुसार विभिन्न समयमा गरिएका कारबाहीमा ६४ करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।

यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायले निगरानी र कारबाहीलाई तीव्र बनाएको देखाउँछ।

 

Previous Post

मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धान गरिने

Next Post

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खस्किँदो जनमत सुधार्ने, संगठन बलियो बनाउने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav