सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा तथा किराना सामान बरामद गरिएको हो। बरामद सामग्रीको कुल मूल्य २ लाख ७३ हजार ९२० रुपैयाँ रहेको जनाइएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
