विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले समितिले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो। अभियानबाट सङ्कलित रकम प्रभावित परिवारलाई वितरण गरिएको समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।
रोल्पामा बाढीपहिरोलगायत विभिन्न विपद्का कारण ५२ परिवार प्रभावित भएका छन्। समितिले प्रत्येक परिवारलाई ११ हजार ५०० रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको रोकामगरले बताए।
