• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चोभारस्थित आदिनाथ मन्दिरमा एकमहिने मेला आजदेखि सुरु

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
चोभारस्थित आदिनाथ मन्दिरमा एकमहिने मेला आजदेखि सुरु
0
SHARES
0
VIEWS

९ कात्तिक, काठमाडौं । काठमाडौंको चोभारडाँडामा अवस्थित ऐतिहासिक आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ ।

हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाबाट सुरु हुने यस मेलामा काठमाडौं उपत्यकासहित आसपासका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा भक्तजनहरू सहभागी हुने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने यो मेला धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिन्छ । लिच्छवीकालमा निर्मित आदिनाथ मन्दिर ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सम्पदाका रूपमा परिचित छ ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति स्थापना गरिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले यसलाई साझा आस्थाको केन्द्रका रूपमा पूजाआजा गर्दै आएका छन् । यस मन्दिरलाई अर्धनारीश्वर र आदिनाथ नामले समेत चिनिन्छ । मेलामा सहभागी हुँदा छालासम्बन्धी रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । त्यस्तै, मन्दिरको दर्शन र पूजाआजा गर्नाले भय, रोग तथा विभिन्न बाधाबाट मुक्ति मिल्नुका साथै परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास छ ।

बौद्ध धर्मावलम्बीहरूले यस मन्दिरमा करुणाका प्रतीक लोकेश्वरका रूपमा पूजा गर्ने परम्परा अपनाउँदै आएका छन् । लामो आयु प्राप्त हुने, अकाल मृत्युबाट जोगिने र धनसम्पत्ति वृद्धि हुने विश्वासका साथ भक्तजनहरूले यहाँ पूजाअर्चना गर्ने गर्छन् । त्यसैगरी, हिन्दू धर्मावलम्बीहरूले आदिनाथलाई शिवशक्तिका रूपमा आराधना गर्ने परम्परा रहेको छ ।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्न सकिने यस मन्दिरको आसपासमा मञ्जुश्री पार्क, जलविनायक मन्दिर र टौदहलगायत धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरू रहेका छन् । प्राचीन समयमा काठमाडौं उपत्यका पानीले भरिएको दहका रूपमा रहेको र मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरी पानी बाहिर निकाल्न मार्ग बनाएको धार्मिक कथनसँग जोडिएको चोभार गल्छी पनि यही क्षेत्रमा अवस्थित छ ।

Previous Post

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन संसदीय समितिको आह्वान

Next Post

बालोन डी’ओर २०२६ को दौड : यामल, केन र एम्बाप्पेमध्ये कसको दाबेदारी बलियो?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav