• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जनताको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ : सांसद अर्जुननरसिंह केसी

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
जनताको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ : सांसद अर्जुननरसिंह केसी
0
SHARES
1
VIEWS

जनताको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ : सांसद अर्जुननरसिंह केसी

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै केसीले बजार नियन्त्रण र प्रशासनिक सुधारमा जोड दिए

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नागरिकले अपेक्षा गरेअनुसार दैनिक जीवनमा सुधारको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन्। उनले जनतामा बढ्दै गएको निराशाले कुनै पनि बेला आक्रोशको रूप लिन सक्ने भन्दै सरकारलाई सचेत रहन आग्रह गरेका छन्।

केसीका अनुसार चाडपर्वका समयमा समेत महँगी, बजारको अव्यवस्था र राजनीतिक उदासीनताका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको छ। दसैँ, तिहार र छठजस्ता पर्वमा उपभोक्तालाई राहत हुने गरी बजार व्यवस्थापन गर्न सरकार प्रभावकारी हुन नसकेको उनको आरोप छ।

उनले बजार अनुगमन औपचारिकतामा सीमित भएको र मूल्यवृद्धि नियन्त्रणमा पर्याप्त ध्यान नदिइएको भन्दै मध्यमवर्गीय तथा आर्थिक रूपमा कमजोर परिवार बढी प्रभावित भएको बताएका छन्।

जेनजी आन्दोलनका माग र निर्वाचनबाट प्राप्त जनमतअनुसार शासन सञ्चालनको शैली परिवर्तन हुनुपर्नेमा पुरानै कार्यशैलीले निरन्तरता पाएको केसीको भनाइ छ। राजनीतिक नेतृत्व फेरिए पनि राज्य सञ्चालनमा अपेक्षित सुधार नदेखिएको उनले टिप्पणी गरेका छन्।

सरकार गठनदेखि हालसम्म उठेका सार्वजनिक सरोकारका प्रश्नलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले नागरिकप्रति जवाफदेही हुनु सरकारको दायित्व भएको बताए। विगतका कमजोरीको आलोचनामा मात्र केन्द्रित नभई वर्तमान समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।

केसीले अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको संवेदनशील भूराजनीतिक अवस्थिति र आर्थिक चुनौतीलाई ध्यानमा राखेर सरकारले स्पष्ट रणनीति बनाउनुपर्ने बताएका छन्। उनका अनुसार आर्थिक कठिनाइ र नागरिकको निराशा सम्बोधन गर्न ठोस योजना आवश्यक छ।

उनले अस्वाभाविक मूल्यवृद्धि, सिन्डिकेट र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन्। साथै, राजनीतिक नियुक्ति तथा प्रशासनिक सरुवा–बढुवामा योग्यता, क्षमता र पारदर्शितालाई आधार बनाउनुपर्ने बताएका छन्।

विधि र प्रक्रियालाई बेवास्ता गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै केसीले राज्य सञ्चालनमा स्थापित कानुनी व्यवस्था र प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

 

Previous Post

फ्रान्समा मानिसमा पहिलोपटक शामोन्डा भाइरस भेटियो, कति जोखिमपूर्ण छ सङ्क्रमण ?

Next Post

बक्स अफिस रिपाेर्ट : दीपकराज गिरी र विराज भट्टलाई पल शाहले उछिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav