• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भूमिहीनको समस्या र सहकारीपीडितको रकम फिर्ता प्रक्रियालाई तीव्रता दिइने : मन्त्री रावल

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
भूमिहीनको समस्या र सहकारीपीडितको रकम फिर्ता प्रक्रियालाई तीव्रता दिइने : मन्त्री रावल
0
SHARES
1
VIEWS

भूमिहीनको समस्या र सहकारीपीडितको रकम फिर्ता प्रक्रियालाई तीव्रता दिइने : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई तीव्र गतिमा अघि बढाइने बताएकी छन्।

सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन र सहकारीपीडितका समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। उनका अनुसार यी दुवै विषयमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउँदै समाधानका लागि काम भइरहेको छ।

मन्त्री रावलले समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिइन्। लामो समयदेखि आफ्नो बचत फिर्ता पाउन नसकेका नागरिकलाई राहत दिन उक्त प्रक्रियालाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने उनको भनाइ छ।

भूमिहीन नागरिकको व्यवस्थापनमा बाधक बनेका कानुनी जटिलता अध्यादेशमार्फत हटाइएको उल्लेख गर्दै उनले अब समस्या समाधानका लागि सहज वातावरण बनेको बताइन्।

भूमिहीन नागरिकमा आफूहरू बसोबास गर्दै आएको स्थानबाट हटाइने वा बस्तीमा डोजर चलाइने हो कि भन्ने चिन्ता रहेको मन्त्री रावलले बताइन्। यस्तो आशङ्का हटाउन सरकारले गरिरहेका काम र आगामी योजनाबारे प्रभावित समुदायलाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरिन्।

सरकार जनताका समस्या प्रत्यक्ष रूपमा सुनेर समाधानको पहल गर्नुपर्ने मान्यताअनुसार आफू चितवन आएको उनले बताइन्। भ्रमणका क्रममा उनले भूमिहीन नागरिक र सहकारीपीडित बचतकर्तासँग भेटघाट गरी उनीहरूका गुनासा, सुझाव र समस्याबारे जानकारी लिएकी छन्।

मन्त्री रावलले आफ्नो मन्त्रालयले भूमिहीनको व्यवस्थापन र सहकारीपीडितको बचत फिर्तालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। कानुनी सुधारपछि अब कार्यान्वयनमा गति दिने समय आएको उनको भनाइ छ।

उनले दसैँ–तिहारपछि भूमिहीनका समस्या समाधान गर्ने काम चितवनमा मात्र सीमित नराखी देशभर विस्तार गरिने बताइन्। सरकार अहिले प्रारम्भिक चरण पार गर्दै समाधान प्रक्रियालाई तीव्र बनाउने अर्को चरणमा प्रवेश गरिरहेको उनले स्पष्ट पारिन्।

 

Previous Post

कमला–ढल्केबर–बागमती सडक विस्तार : प्रभावित परिवारलाई ६ करोड ८८ लाख क्षतिपूर्ति

Next Post

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav