• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह
0
SHARES
0
VIEWS

काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख चाडपर्व सकिएलगत्तै सडक आन्दोलन गर्ने विपक्षी दलहरूको घोषणाको आलोचना गरेका छन् । पटकपटक सरकारविरुद्ध आन्दोलन गर्दा र सरकार परिवर्तन गरिरहँदा विकासका काम र जनताका इच्छा तथा चाहना पूरा हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

विपक्षी दल एमाले र नेकपाले प्रमुख चाडपर्व सकिएलगत्तै आन्दोलन गर्ने घोषणा गरेका छन् । वर्तमान रास्वपा सरकार देशका सम्पदा जलाएर र निहत्था बालबालिकालाई मानव ढाल बनाएर जेनजी आन्दोलनमार्फत आएको भन्दै आन्दोलनबाट विस्थापित गर्ने एमाले र नेकपाले घोषणा गरेका छन् ।

प्रमुख चाड दसैँ सकिएको र अब तिहार तथा छठपछि आन्दोलन गर्ने तयारी दुवै दलले गरेका छन् । नेकपाले डेढ महिना लामो जनगुनासो सुन्ने अभियान सुरु गरेको छ । एमाले भने सबै मोर्चाबाट सरकारविरुद्ध फायर खोल्ने पक्षमा छ ।

वर्तमान सरकारको हिस्सा नभए पनि बाबुरामले सल्लाह र सुझाव दिँदै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँच वर्ष काम गर्न दिनुपर्ने पक्षमा बाबुराम देखिएका छन् ।

‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ । उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो,’ उनले बताएका छन् ।

‘परन्तु निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्‍याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुन सक्छ ?’ उनले बताएका छन् ।

बाबुरामले सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गर्न र हटाउनसमेत सल्लाह दिएका छन् । ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ । काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ,’ उनले बताएका छन् ।

 

Previous Post

साउदी अरबलाई सहयोग गर्न इजिप्टका राष्ट्रपतिलाई संसदको अनुमति

Next Post

धनुषाका एसपी खड्काको चेतावनी- ‘आरोप पुष्टि गर्नुस्, नत्र कानुनी कारबाही भोग्न तयार रहनुस्’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav