वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य १.५ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.७६ डलरमा पुगेको छ । द वाल स्ट्रिट जर्नलका अनुसार मध्यपूर्वको तनाव र तेल आपूर्तिको अवस्थालाई लिएर लगानीकर्ताले सतर्कता अपनाइरहेका छन् ।
गत साता तीव्र वृद्धि भएको कच्चा तेलको मूल्यमा सोमबार सामान्य गिरावट आएको हो । गत साता ब्रेन्ट क्रुडको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ११६.७२ डलर पुगेको थियो । यो करिब ६ महिनायताकै उच्च बन्द मूल्य थियो ।
अमेरिका र इरानबीच तनाव कम हुने अपेक्षा गरिएसँगै कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको हो ।
