• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ
0
SHARES
0
VIEWS

रौतहट, १० कात्तिक । भारतको बिहारस्थित मोतिहारीमा प्रहरीले अवैध हतियार उत्पादन गर्ने मिनी गन फ्याक्ट्रीको खुलासा गरेको छ । युट्युबमा भिडियो हेरेर घरमै अवैध हतियार बनाउन थालेको भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी चम्पारण जिल्लाको तुरकौलिया थाना क्षेत्रअन्तर्गत जयसिंहपुर घरवारी टोलमा प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा सोमबार गरिएको छापामारीका क्रममा ठूलो परिमाणमा निर्मित तथा अर्धनिर्मित हतियार र हतियार बनाउन प्रयोग गरिने उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत अक्टोबर २५ मा तुरकौलिया थाना प्रहरीलाई एक व्यक्तिले अवैध हतियार बोकेको भिडियो प्राप्त भएको थियो । उक्त भिडियोको अनुसन्धान गर्दा जयसिंहपुर घरवारी टोल निवासी हरेंद्र शर्माको पहिचान खुलेको प्रहरीले बताएको छ ।

सूचनाको पुष्टि भएपछि प्रहरीले हरेंद्र शर्माको घरमा छापामारी गरेको थियो । सोही क्रममा घरभित्र अवैध हतियार निर्माण गर्ने मिनी गन फ्याक्ट्री सञ्चालन भइरहेको खुलेको प्रहरीले बताएको छ ।

के–के बरामद भयो?

प्रहरीले छापामारीका क्रममा दुई थान देशी कट्टा, तीन थान अर्धनिर्मित कट्टा, कार्बाइनजस्ता तीन थान अर्धनिर्मित हतियार, पाँच राउन्ड गोली, एक थान चक्कु, दुई थान हथौडा, एक थान ठूलो प्लास, एक थान फलाम काट्ने मेसिन र चार थान मोबाइल फोन बरामद गरेको छ ।

यस घटनामा हरेंद्र शर्मा र प्रिन्स कुमारलाई पक्राउ गरिएको छ । दुवै जना तुरकौलिया थाना क्षेत्रकै जयसिंहपुर घरवारी टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

हतियारको आपूर्ति सञ्जालबारे अनुसन्धान

पूर्वी चम्पारण प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाएको छ ।

घरमै अवैध हतियार उत्पादन गर्ने कार्यमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा निर्मित हतियार कहाँ र कसलाई आपूर्ति गरिन्थ्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले यस घटनालाई अवैध हतियार निर्माण तथा ओसारपसारको सञ्जालसँग जोडेर अनुसन्धान अघि बढाएको छ ।

Previous Post

प्रस्तावित राजदूत थापाबारे संसदीय सुनुवाइ समितिले मागेको विवरण अझै प्राप्त भएन

Next Post

तीन महिनामै दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav