• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)
0
SHARES
0
VIEWS

पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।

सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो । दसैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालकहरू उत्साहित भएका छन् । पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण र गाउँको मौलिक जीवनशैलीले हेम्जाकोट आउने पर्यटकलाई आकर्षित गरिरहेको छ । पोखरा घुम्न आउने पर्यटकसमेत नजिकैका ग्रामीण बस्तीमा पुगेर केही समय बिताउन रुचाउन थालेका छन् ।

ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) का सचिव भीमराज पौडेलका अनुसार पोखरा आउने पर्यटकलाई आसपासका गाउँसम्म पुर्‍याउन सके ग्रामीण पर्यटनले थप गति लिन सक्छ । प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताका कारण गाउँका होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उनले बताएका छन् । होमस्टेमा अहिले पाहुनाको आगमन राम्रो रहेको उनले बताएका छन् । हप्तामा दुई दिन बिदा हुने भएकाले शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेको उनको भनाइ छ ।

पर्यटकीय सिजन सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष पाहुनाको उपस्थिति उल्लेख्य रूपमा बढेको भन्दै होमस्टे सञ्चालक उमा गुरुङ पनि खुसी छिन् । पर्यटकको आगमन बढ्दा स्थानीय स्तरमै आम्दानीको अवसर सिर्जना भएको उनको भनाइ छ । कोरोना महामारीपछि ठप्प भएको होमस्टे व्यवसाय अहिले पुनः तङ्ग्रिएको उनले बताएकी छन् ।

गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन् । होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यतालाई प्राथमिकता दिन थालेका छन् ।

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार गाउँमा पर्यटकको बसाइलाई सहज र आकर्षक बनाउन विभिन्न तालिम तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । मानिसहरू प्रकृतिसँग रमाउन चाहने भएकाले पोखराका होमस्टे उपयुक्त गन्तव्य बन्दै गएको उनले बताएका छन् । रैथाने खानेकुराका कारण पनि पर्यटकलाई गाउँ मन पर्ने गरेको उनको भनाइ छ । पर्यटकलाई बस्ने सुविधासँगै स्थानीय संस्कृति, मौलिक घर र खानपानको अनुभव दिलाउन सके ग्रामीण पर्यटनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उनले बताएका छन् ।

दसैँपछि कास्कीका गाउँमा बढेको पर्यटकको चहलपहलले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको छ । प्रकृतिसँग नजिक रहेर मौलिक जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको आकर्षण बढ्दै जाँदा गाउँका होमस्टे स्थानीय रोजगारी र आम्दानीको महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ ।

 

 

Previous Post

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

Next Post

पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा रक्सौलका दुई युवक पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav