काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा पदोन्नति भएका छन्। पदोन्नतिपछि प्रधान सेनापति अशोकराज सिग्देलले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा बढुवा भएका तीन जना प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पदोन्नति भएका अधिकृतहरूलाई औपचारिक रूपमा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
