• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अस्पतालका २ हजार ६४१ निःशुल्क शय्या खाली, सेवा प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको ताकेता

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
अस्पतालका २ हजार ६४१ निःशुल्क शय्या खाली, सेवा प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको ताकेता
0
SHARES
0
VIEWS

काठमाडौँ । विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउन अस्पतालमा छुट्याइएका शय्यामध्ये ठूलो सङ्ख्या प्रयोगविहीन रहेको पाइएको छ। कुल ३१ हजार २०६ शय्या रहेकामध्ये बुधबार ३ हजार ६०९ शय्या निःशुल्क उपचारका लागि छुट्याइएकोमा ९६८ शय्या मात्रै प्रयोगमा आएका छन्। बाँकी २ हजार ६४१ शय्या खाली रहेको विवरणमा उल्लेख छ।

निःशुल्क उपचार सेवालाई पारदर्शी र सहज पहुँचयोग्य बनाउन अनलाइन प्रणाली सञ्चालनमा ल्याइए पनि लक्षित वर्गले त्यसको पूर्ण लाभ लिन नसकेको देखिएको छ। अस्पतालहरूले विपन्न बिरामीलाई सेवा उपलब्ध गराउन र कानुनी व्यवस्थाको कार्यान्वयन गर्न प्रणालीको व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

विपन्न, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचारलाई व्यवस्थित बनाउन गत असारदेखि ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको थियो। सरकारले सबै सरकारी स्वास्थ्य प्रतिष्ठान, अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक अस्पताललाई निःशुल्क शय्या र त्यसमा उपचार गराइरहेका बिरामीको विवरण वास्तविक समयमा पोर्टलमा अद्यावधिक गर्न निर्देशन दिएको थियो।

त्यस्तै, ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३’ को दफा ८ को खण्ड (घ) अनुसार सबै अस्पतालले मुख्य प्रवेशद्वार र प्रस्थान बिन्दुमा निःशुल्क शय्याको उपलब्धता तथा उपचार सेवासम्बन्धी जानकारी दिने डिजिटल वा भौतिक सूचना बोर्ड राख्नुपर्ने व्यवस्था छ। उक्त बोर्डमा उजुरी दर्ता गर्न सकिने पोर्टलको क्यूआर कोड र वेब ठेगाना पनि अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान छ।

कार्यक्रमको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी नभएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पुनः अस्पतालहरूलाई उक्त व्यवस्था स्मरण गराएको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर अनिवार्य रूपमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

सोही कानुनी प्रावधान कार्यान्वयन गर्दै निःशुल्क उपचार सेवालाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।

Previous Post

चितवनका शिक्षकलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

Next Post

नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav