वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्नेबारे केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरूलाई पर्न सक्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ,’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि पनि बेलाबेलामा प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध हुने गरेको छ । दसैँभरि नेपाल सरकारका एक हजारभन्दा बढी वेबसाइट बन्द भएका थिए । साइबर आक्रमणको डरले सरकारले वेबसाइट बन्द गरेको थियो ।
