• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा एक जना पक्राउ, शव केशलीया खोला किनारमा फेला

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा एक जना पक्राउ, शव केशलीया खोला किनारमा फेला
0
SHARES
0
VIEWS

विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारतको वाराणसी स्थायी घर भई विगत ४० वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएका गुप्ता विराटनगर–६ स्थित धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि आफ्नो पसलबाट बेपत्ता भएका थिए। परिवार र आफन्तले खोजी गरिरहेका बेला कात्तिक ८ गते आइतबार बिहान १० बजे सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलीया खोला किनारमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीले प्राप्त गरेको थियो। घटनास्थल पुगेको प्रहरी टोलीले उक्त शव बेपत्ता गुप्ताकै भएको पुष्टि गरेको थियो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले तालिमप्राप्त कुकुर र अपराध अनुसन्धानमा खटिने विशेष टोली परिचालन गरी अनुसन्धान अघि बढाएको थियो। सूक्ष्म अनुसन्धानपछि कात्तिक १० गते साँझ करिब ५ बजे हत्यामा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोप अफरोज आलममाथि लागेको थियो। उक्त घटनाबारे गुप्ताले हल्ला फैलाएको भन्दै आलम र गुप्ताबीच विवाद उत्पन्न भएको खुलेको प्रहरीले जनाएको छ।

विवादकै क्रममा आलमले गुप्तालाई आफ्नो घरमा बोलाएर फलामको जीआई पाइपले प्रहार गरेको र त्यसबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। त्यसपछि शव लुकाउन तथा अन्यत्र फाल्न आलमले दुई जना नाबालकको सहयोग लिई केशलीया खोला किनारमा पुर्‍याएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको भनिएको फलामको जीआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव पोको पार्न तथा बोक्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Previous Post

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति (तस्बिरहरु)

Next Post

कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्दैछौँः मन्त्री चौधरी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav