परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल र फ्रान्सबीच आपसी हित तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।
वार्तामा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग विस्तार गर्ने विषयले प्राथमिकता पाएको मन्त्रालयले जनाएको छ।
