लागुऔषध नियन्त्रण ब्युरेका एसएसपी सुवास बोहराका अनुसार ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले करिब १५० ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनीहरूले लागुऔषध ओसारपसारका लागि भारतीय नम्बर प्लेट भएको मोटरसाइकल प्रयोग गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
पक्राउ पर्ने दुवै जना नेपाली नागरिक रहेको बताइएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
