• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी
0
SHARES
0
VIEWS

यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ । समूहले रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य नजिक सरकारी सेनाले गरेको स्थल आक्रमण पनि विफल पारेको जनाएको छ ।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले मंगलवार सामाजिक सञ्जाल एक्समार्फत शृङ्खलाबद्ध वक्तव्य जारी गर्दै रियादस्थित साउदी रक्षा मन्त्रालयलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन् । उक्त क्षेप्यास्त्रले लक्ष्यमा प्रत्यक्ष प्रहार गरेको उनको दाबी छ ।

उनका अनुसार अर्को दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र साउदी सैन्य विमानलाई लक्षित गरी प्रहार गरिएका थिए । तीमध्ये एउटा नजरान प्रान्तको नजरान विमानस्थलमा र अर्को असिर प्रान्तको खमिस मुशैतस्थित किङ खालिद हवाई सैन्य अखडालाई लक्षित गरिएको उनले बताएका छन् । दुवै आक्रमणले लक्ष्य हासिल गरेको उनको दाबी छ ।

त्यस्तै, दक्षिणपश्चिमी असिर प्रान्तस्थित अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको र त्यसबाट उडान सञ्चालनमा अवरोध पुगेको पनि हुथी समूहले जनाएको छ । यद्यपि, हुथी समूहका यी दाबीबारे साउदी अधिकारीहरूले तत्काल कुनै पुष्टि गरेका छैनन् ।

यसअघि मंगलवार साउदी नेतृत्वको गठबन्धनले हुथी समूहले रियादतर्फ प्रहार गरेका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई बीचमै अवरोध गरी नष्ट गरिएको जनाएको थियो ।

यसैबीच, हुथी सैन्य प्रवक्ता सरियाले बाब अल–मन्देब जलडमरूमध्यको दक्षिणी क्षेत्रबाट अघि बढेका यमनी सरकारी पक्षका सेनाको आक्रमण विफल पारिएको दाबी गरेका छन् । उनका अनुसार अघि बढिरहेका सेनालाई ब्यालेस्टिक क्षेप्यास्त्र तथा भारी हतियारबाट लक्षित गरिएको थियो । उक्त कारबाहीमा ठूलो मानवीय क्षति भएको र केही सैन्य सवारीसाधन नष्ट भएको उनको दाबी छ ।

मंगलवार बिहान सरकारी सेनाले उक्त रणनीतिक जलमार्ग वरपरका क्षेत्रमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका बाँकी स्थानहरू कब्जा गर्ने उद्देश्यले स्थल आक्रमण पुनः सुरु गरेको थियो ।

लालसागरलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मन्देब जलडमरूमध्य विश्व व्यापार तथा अन्तर्राष्ट्रिय जलयातायातका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो ।

यमनमा सन् २०१४ को अन्त्यमा हुथी विद्रोहीले राजधानी सना र उत्तरी यमनका ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व जारी छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको समर्थनमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सन् २०१५ मा द्वन्द्वमा संलग्न भएको थियो ।

 

Previous Post

ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

Next Post

पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी हुँदा एक जनाको मृत्यु, पाँच घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav