• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्पेनमा दुई द्रुतमार्गी रेल एकापसमा जुध्दा ६४ जनाको मृत्यु, सेवा अवरुद्ध

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
स्पेनमा दुई द्रुतमार्गी रेल एकापसमा जुध्दा ६४ जनाको मृत्यु, सेवा अवरुद्ध
0
SHARES
0
VIEWS

स्पेनको राजधानी म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणस्थित टोलेडो प्रान्तको उर्दा स्टेसन नजिकै बुधवार बिहान दुईवटा तीव्र गतिका (हाई–स्पीड) रेल एकापसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

स्थानीय समयअनुसार बुधवार बिहान करिब ८ बजेर ५४ मिनेटमा भएको उक्त दुर्घटनामा राज्य स्वामित्वको ‘रेन्फे’ कम्पनी र निजी स्वामित्वको ‘इरियो’ कम्पनीका रेलहरू जुधेका हुन् । प्रारम्भिक अनुसन्धान विवरणअनुसार लिकमा रोकिराखिएको इरियोको रेललाई रेन्फेको रेलले तीव्र गतिमा पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करको तीव्रताका कारण रेलका दुईवटा डिब्बा लिकबाट बाहिरिएर भीरबाट तल खसेका छन् । घटनास्थलमा उद्धारकर्मीहरू तीव्र रूपमा परिचालन गरिएका छन् भने घाइतेहरूको उद्धार कार्य जारी छ ।

यसअघि मृतकको सङ्ख्या ५० बताइएकोमा पछि थप शव भेटिएसँगै मृतकको सङ्ख्या ६४ पुगेको हो । स्पेनस्थित चिनियाँ दूतावासले दुर्घटनाग्रस्त रेलमा चार जना चिनियाँ नागरिक सवार रहेको र तीमध्ये एक जना सामान्य घाइते भएको पुष्टि गरेको छ ।

दुर्घटनापछि स्पेनको रेलवे पूर्वाधार सञ्चालक ‘अदिफ’ ले म्याड्रिड र अन्डालुसियाबीच सञ्चालन हुने सम्पूर्ण रेल सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै टोलेडोमा भएको गम्भीर दुर्घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । उनले पीडितहरूलाई राहत तथा उद्धारका लागि आपत्कालीन निकायहरू पूर्ण रूपमा परिचालित गरिएको उल्लेख गरेका छन् ।

दुर्घटनाको शोकमा स्पेनभरका राजनीतिक दलहरूले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण राजनीतिक कार्यक्रमहरू रद्द गरेका छन् ।

स्पेनमा पछिल्ला महिनाहरूमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो । यसअघि नौ महिनापहिले दक्षिणी प्रान्त कोर्डोबाको आदामुज नजिकै भएको रेल दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए ।

 

Previous Post

यमनको अल–जौफमा साउदी नेतृत्वको हवाई आक्रमणः १४ को मृत्यु, १० घाइते

Next Post

क्युबामाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्रश्ताव पारित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav