• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अनियमितताविरुद्ध गौर भन्सार प्रमुख सुवन शर्मा कडा रूपमा प्रस्तुत हुने

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
अनियमितताविरुद्ध गौर भन्सार प्रमुख सुवन शर्मा कडा रूपमा प्रस्तुत हुने
0
SHARES
0
VIEWS
रौतहट, १२ कात्तिक । जिल्ला भन्सार कार्यालय रौतहट, गौरको प्रमुखको जिम्मेवारी उपसचिव सुवन शर्माले सम्हालेका छन्। भन्सार प्रशासनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई चुस्त बनाउने र कर्मचारीलाई जिम्मेवार बनाउने उद्देश्यसहित उनले कार्यालयको नेतृत्व सम्हालेका हुन्।

बुधबारदेखि जिम्मेवारी सम्हालेका शर्माले पदभार ग्रहण गरेलगत्तै कर्मचारीसँग बैठक गरी कार्यसम्पादन र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक निर्देशन दिएका छन्। उनले सरकारी नियम–कानुनको पालना गर्दै सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई छिटोछरितो सेवा उपलब्ध गराउन जोड दिएका छन्।

‘नियमविपरीत काम स्वीकार्य हुँदैन’

शर्माले कसैको दबाब वा प्रभावमा परेर नियमविपरीत काम नगर्न कर्मचारीलाई सचेत गराएका छन्। जिम्मेवारी निर्वाहका क्रममा गलत काम गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्। यसबारे एक कर्मचारीले जानकारी दिएका छन्।

नयाँ प्रमुखको निर्देशनले कार्यालयमा अनुशासन, पारदर्शिता, जवाफदेहिता र कानुनसम्मत कार्यसम्पादनलाई प्राथमिकता दिने संकेत गरेको छ। सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु नयाँ नेतृत्वका लागि महत्त्वपूर्ण चुनौती हुनेछ।

मन्त्रालयको निर्णयपछि जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयले गत असोज २३ गते गरेको निर्णयअनुसार शर्मालाई गौर भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि कार्यालयको नेतृत्व गरिरहेका उपसचिव विकासकुमार रजकलाई आन्तरिक राजस्व कार्यालय, सिमराको प्रमुखको जिम्मेवारी दिइएको छ।

राजस्व संकलन, भन्सार जाँचपास र व्यापार सहजीकरणलाई प्रभावकारी बनाउनु गौर भन्सार कार्यालयको महत्त्वपूर्ण दायित्व हो। नयाँ प्रमुख शर्माले कर्मचारीलाई दिएका निर्देशन व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छन् र त्यसले सेवा प्रवाहमा कस्तो सुधार ल्याउँछ भन्ने विषय चासोका रूपमा हेरिएको छ।

 

Previous Post

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

Next Post

सामान्य बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav