• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेप्सेमा ३१ अंकको उछाल, कारोबार रकम ६ महिनायताकै उच्च

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
नेप्सेमा ३१ अंकको उछाल, कारोबार रकम ६ महिनायताकै उच्च
0
SHARES
0
VIEWS
काठमाडौं, १२ कात्तिक । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। दुवै सूचक पछिल्लो ६ महिनायताकै उच्च स्तरमा पुगेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.४१ अंक, फ्लोट इन्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले बढेका छन्।

बिहीबार कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य, बैंकिङ तथा होटल र पर्यटन उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

बिहीबार घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा बढी ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ८० रुपैयाँ ५० पैसाले बढेर अन्तिम कारोबार हुँदा ६१७ रुपैयाँ २० पैसा पुगेको छ।

त्यस्तै, सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ।

 

 

Previous Post

पुराना भिडियो सम्पादन गरेर गलत अर्थ लगाइएको दीपकराज गिरीको आरोप

Next Post

चक्रवात ‘अर्नब’को प्रभावले मुख्य राजमार्गमा पहिरो र बाढीको जोखिम, यात्रामा सतर्कता अपनाउन आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav