• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बागमती प्रदेशमा असोजमा भएका सडक दुर्घटनामा २१ जनाको मृत्यु

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
बागमती प्रदेशमा असोजमा भएका सडक दुर्घटनामा २१ जनाको मृत्यु
0
SHARES
0
VIEWS

मकवानपुर । बागमती प्रदेशमा असोज महिनामा भएका सडक दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् भने २८५ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा प्रदेशका १० जिल्लामा १६३ वटा सडक दुर्घटना भएका हुन्।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका क्रममा प्रहरीले असोज महिनामा ५ हजार ४०६ वटा सवारीसाधनलाई कारबाही गरेको छ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको विवरणअनुसार असोजमा प्रदेशभर ४३० वटा विभिन्न अपराधका घटना अभिलेख भएका छन्। तीमध्ये १४५ वटा जघन्य तथा गम्भीर प्रकृतिका, ३० वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, ११ वटा आर्थिक अपराध र २४४ वटा अन्य प्रकृतिका घटना रहेका छन्।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार अपराध अनुसन्धानका क्रममा ३४० जना पक्राउ परेका छन्। त्यस्तै, अदालतको फैसला कार्यान्वयनअन्तर्गत २७३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। उनीहरूबाट ३६५ वर्ष ७ महिना २२ दिन कैद र २ करोड ४५ लाख ३५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

घरेलु हिंसा र हराएका व्यक्तिको विवरण

असोज महिनामा घरेलु हिंसासम्बन्धी ६६ वटा निवेदन प्रहरीमा परेका थिए। तीमध्ये ४३ वटामा मिलापत्र भएको छ। आठवटा घटना अदालतमा पठाइएको, तीनवटा घटनाका पीडित सम्पर्कमा नआएको र १२ वटा घटनामा अनुसन्धान जारी रहेको विवरणमा उल्लेख छ।

यसै अवधिमा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक गरी १७८ जना हराएको अभिलेख गरिएको छ। हराएकामध्ये १२९ जना फेला परेका छन् भने ४९ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

हराउनेमा ५० जना पुरुष, ५२ जना महिला, १८ जना बालक, ४८ जना बालिका, चार जना ज्येष्ठ महिला र छ जना ज्येष्ठ पुरुष रहेका थिए। फेला परेकामा २८ जना पुरुष, ३५ जना महिला, १७ जना बालक, ४२ जना बालिका, एक जना ज्येष्ठ महिला र छ जना ज्येष्ठ पुरुष छन्।

लागूऔषध र अवैध कारोबार नियन्त्रण

लागूऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीले विभिन्न प्रकारका लागूऔषध बरामद गरेको जनाएको छ। यससम्बन्धी ५१ वटा मुद्दा दर्ता हुँदा ९६ जना पक्राउ परेका छन्।

त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानमा ४६ लाख ७ हजार ५८ रुपैयाँ बराबरका सामान बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ। अवैध मदिराविरुद्धको कारबाहीमा १५ हजार ७६२ लिटर घरेलु मदिरा र ४ हजार ४०५ लिटर कच्चा पदार्थ बरामद भएको छ।

प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा ८१ वटा सवारीसाधन नियन्त्रणमा लिएर जरिवाना गरिएको र त्यसबाट १८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीको विवरणमा उल्लेख छ।

आत्महत्या र विपद् व्यवस्थापन

प्रदेशमा असोज महिनामा आत्महत्याका ५४ वटा घटना भएका छन्। यसबाहेक प्रहरीले सडक सुरक्षा, नियमित गस्ती, साइबर अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान तथा समुदाय र विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

असोज २५ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि १४५ जना प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले अपराध नियन्त्रण, सडक सुरक्षा र विपद् व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिँदै सार्वजनिक सुरक्षा कायम गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

Previous Post

प्रधानमन्त्रीको नाम लिएर दबाब दिएको आरोपपछि इनम सापकोटाबारे न्यायाधीशले गराए उजुरी

Next Post

काठमाडौँविरुद्ध चार विकेट लिएका १६ वर्षीय राहुल बने ‘म्यान अफ द म्याच’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav