• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मोबाइल हराएको विषयमा विवाद हुँदा युवकको हत्या, पाँच जना पक्राउ

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
मोबाइल हराएको विषयमा विवाद हुँदा युवकको हत्या, पाँच जना पक्राउ
0
SHARES
0
VIEWS
रौतहट, ११ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धिप्लेमा २२ वर्षीय युवक राजेन्द्र पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत कात्तिक ९ गते बिहान करिब ८:२० बजे राजेन्द्र आफ्नै घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका थिए। उनको शरीरभरि निलडाम तथा विभिन्न घाउचोट देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय विक्रम पुन, २३ वर्षीय धनबहादुर गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्।

मोबाइल हराएको विषयबाट सुरु भएको थियो विवाद

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कात्तिक ८ गते साँझ राजेन्द्रको मोबाइल हराएको विषयलाई लिएर विवाद सुरु भएको थियो। दिदीको घरमा पुगेका बेला उनले भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेका थिए। मोबाइल नदिएपछि राजेन्द्रले भिनाजुको मोबाइल फुटाइदिएको प्रहरीको भनाइ छ।

त्यसपछि स्थानीय युवाहरूसँग मदिरा सेवन गर्ने क्रममा विवाद थप चर्किएको थियो। विवादका क्रममा राजेन्द्रले लात्ती प्रहार गरेको विषयलाई लिएर भनाभन भएको र उनले हँसियाले प्रहार गर्दा मिलन विकको घाँटी तथा आशिष गुरुङको खुट्टामा चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि सबै जना आ–आफ्नो घर फर्किएका थिए। तर, सोही रात करिब ११:१५ बजे आशिष गुरुङले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरेर बोलाएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि पाँच जना मिलेर राजेन्द्रको घरमा पुगेको र उनलाई भाटा, मुक्का तथा लात्तीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। कुटपिटबाट घाइते भएका राजेन्द्रलाई घिसारेर बारीमा लगेर छाडिएको प्रहरीको भनाइ छ।

पाँच दिनको म्याद थप गरी अनुसन्धान

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनाबारे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको अनुसन्धान टोलीले थप अनुसन्धान गरिरहेको छ।

 

Previous Post

काठमाडौँविरुद्ध चार विकेट लिएका १६ वर्षीय राहुल बने ‘म्यान अफ द म्याच’

Next Post

इनम सापकोटा प्रकरणमा अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसम्म

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav