• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चक्रवात ‘अर्नब’को प्रभावले तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
चक्रवात ‘अर्नब’को प्रभावले तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
0
SHARES
0
VIEWS
काठमाडौं, १२ कात्तिक । पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण आगामी तीन दिन देशका अधिकांश भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसम प्रतिकूल रहन सक्ने चेतावनी दिएको छ।

कस्तो रहनेछ मौसम?

महाशाखाका अनुसार यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको जोखिम रहेको महाशाखाले जनाएको छ।

कृषि कार्य र जनजीवन प्रभावित हुन सक्ने

अचानक हुने वर्षा र हिमपातले पाकेको धानबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले महाशाखाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिउँआँधी (ब्लिजार्ड) र हिमपहिरोको जोखिमसमेत रहेको छ। त्यसलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

मौसममा हुने परिवर्तनका कारण चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो जान सक्ने जोखिम रहेको छ। यसले सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित पार्न सक्ने महाशाखाको आकलन छ।

सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन, पूर्वतयारी गर्न तथा सम्बन्धित निकायले जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

 

Previous Post

खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन अन्तिम चरणमा, रवि र बालेनबीच कारबाहीबारे मतभेद

Next Post

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्तलाई प्राथमिकता दिऔँ : विश्वप्रकाश शर्मा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav