• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव क्रमशः कमजोर हुँदै जाने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव क्रमशः कमजोर हुँदै जाने
0
SHARES
0
VIEWS

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण प्रभावित बनेको मौसम शनिबार अपराह्नपछि क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यससँगै वर्षाको गतिविधि पनि घट्दै जाने विभागको अनुमान छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः कमजोर हुने जानकारी दिँदै स्थानीय मौसमसम्बन्धी सूचनामा निरन्तर ध्यान दिन आग्रह गरेका छन्।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपालतर्फ आइपुग्दा कमजोर न्यूनचापीय प्रणालीमा परिणत भएकाले यहाँ वर्षा, हिमपात र हावाहुरीको प्रभाव तुलनात्मक रूपमा सामान्य रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम बदली हुने अनुमान छ। पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

आज रातिसमेत देशका धेरैजसो स्थानमा बदली रहने र मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ। केही स्थानमा भने भारी वर्षा र हिमपातको जोखिमसमेत रहेको विभागले जनाएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा रेकर्ड गरिएको छ। उक्त केन्द्रमा ५०.२ मिलिमिटर वर्षा मापन भएको हो।

विभागका अनुसार सो अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि हल्का वर्षा भएको जनाइएको छ।

 

Previous Post

अक्टोबर ३० मा विश्वः अटोमन साम्राज्यको भूमिकाको अन्त्य भएकाे दिन

Next Post

इजरायलमा सरकार गठन अन्योलमा, नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि अरब दल निर्णायक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav