• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

?????????????????????????????

0
SHARES
0
VIEWS

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास भएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय समय सकिएपछि सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारमाथि गरिएको प्रहरी कारबाहीले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न खडा गरेको जनाएको हो।

काउन्सिलका अनुसार पत्रकारलाई पक्राउ गर्नुको स्पष्ट कारण खुलाइएको छैन। त्यस्तै, पक्राउ पुर्जी देखाइएको, अदालतबाट अनुमति लिइएको वा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट हुन सकेको छैन। यस्तो अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने प्रयास हुनु गम्भीर विषय भएको काउन्सिलको ठहर छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी चिन्ता थपिएको काउन्सिलले उल्लेख गरेको छ।

काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति भए वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी परे त्यसको छानबिन र निरूपण गर्ने कानुनी अधिकार आफूमा रहेको स्पष्ट पारेको छ। समाचार सामग्रीकै विषयलाई लिएर प्रहरी परिचालन गर्नुभन्दा प्रेस काउन्सिलको स्थापित प्रक्रिया अपनाउन नेपाल सरकार, प्रहरी प्रशासन र सम्बन्धित सबै पक्षलाई उसले आग्रह गरेको छ।

त्यसैगरी, नियन्त्रणमा लिइएका पत्रकारको अवस्थाबारे जानकारी दिन र उनीहरूलाई पक्राउ गरिएको कानुनी आधार सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ। पर्याप्त कानुनी आधारबिना हिरासतमा राखिएको भए तत्काल रिहा गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यसैबीच, काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार प्रकाशन तथा प्रसारण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनका लागि संस्था प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

 

Previous Post

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नियन्त्रणमा लिइएका पत्रकार रिहा

Next Post

युक्रेनलाई २ अर्ब डलरभन्दा बढीको प्याट्रियट मिसाइल विक्री गर्न अमेरिकाको स्वीकृति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav