• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिरियामा भीषण बाढी र डुबानः ५ जनाको मृत्यु, ५ बेपत्ता

रिजन खड्का by रिजन खड्का
१४ कार्तिक, २०८३
A A
सिरियामा भीषण बाढी र डुबानः ५ जनाको मृत्यु, ५ बेपत्ता
0
SHARES
0
VIEWS
सिरियाका विभिन्न प्रान्तमा बिहीबार परेको भारी वर्षापछि आएको भीषण बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा चार बालबालिकासहित अन्य पाँच जना अझै बेपत्ता रहेको त्यहाँको आपत्कालीन तथा विपद् व्यवस्थापन निकायले जनाएको छ ।

सिरियाको आपत्कालीन मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये अधिकांश राका र डेर अल–जोर प्रान्तका ग्रामीण क्षेत्रका बासिन्दा रहेका छन् । बाढीमा बगेर बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राका, डेर अल–जोर र एलेप्पोका ग्रामीण क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

बाढीमा फसेकाहरूको उद्धारका लागि सिरियन सिभिल डिफेन्सको टोलीले राका, डेर अल–जोर र होम्स प्रान्तबाट हालसम्म २५ जनालाई सकुशल उद्धार गरेको छ । बाढीका कारण फसेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र सवारीसाधनभित्र थुनिएकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको छ ।

भारी वर्षाका कारण उत्तरी तथा पूर्वी सिरियाका कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ । खेतबारी डुबानमा परेका छन् भने सडक र पुलहरू भत्किएका छन् ।

राका प्रान्तका तल्लो भूभागमा लेदोसहितको बाढी पसेपछि खेतीपाती र कृषि संरचनामा क्षति पुगेको छ । यसले स्थानीय किसानहरू थप प्रभावित भएका छन् । सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा आवतजावत तथा राहत सामग्री ओसारपसारमा समेत कठिनाइ भएको छ ।

प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान आग्रह गरेको छ । वर्षा र बाढीका कारण उत्तरी तथा पूर्वी सिरियाका विभिन्न समुदायमा परेको पछिल्लो प्रभावले ठूलो भौतिक तथा मानवीय क्षतिको अवस्था उजागर गरेको छ ।

 

Previous Post

लेबनानमाथि इजरायली आक्रमण रोक्न र सेनालाई सहयोग बढाउन राष्ट्रपति औनको युरोपलाई आह्वान

Next Post

यमनको ताइजमा आवासीय घरहरूमाथि हवाई आक्रमणः १२ जनाको मृत्यु भएको हुथी सञ्चारमाध्यमको दाबी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav