• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय चितवनले विकट चेपाङ बस्तीमा घुम्ती शिविर सञ्चालन गरेको छ।

सदरमुकामबाट पुग्न दुई–तीन दिन लाग्ने चितवनको राप्ती नगरपालिकाको विकट पहाडी बस्तीमा प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको हो। शिविरमार्फत ९० जना चेपाङ समुदायका नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले राप्ती–१३ मा ८४ जना र राप्ती–१२ मा ६ जना गरी ९० जनालाई नागरिकता प्रदान गरेको हो। नागरिकता प्राप्त गर्नेमा लामो समयदेखि कागजातको अभावमा नागरिकताबाट वञ्चित रहेका वृद्धवृद्धा तथा दृष्टिविहीन चेपाङ नागरिकसमेत छन्।

वर्षायाममा पहिरोको जोखिमका बीच प्रशासनको टोली विकट बस्तीमै पुगेको थियो। नागरिकता बनाउनकै लागि दुई दिन हिँड्नुपर्ने भौगोलिक बाध्यता रहेका नागरिकलाई स्थानीय तहमै शिविरमार्फत सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजाली मगरले बताएकी छन्।

उनका अनुसार प्रशासनले राप्तीका वडा नम्बर १०, ११, १२ र १३ मा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको थियो। तर वडा नम्बर १० र ११ बाट आवश्यक कागजात पर्याप्त रूपमा नआएपछि १२ र १३ मा मात्रै शिविर सञ्चालन गरिएको उनले बताएकी छन्।

१२० जनालाई नागरिकता वितरण गर्ने लक्ष्य भए पनि ९० जनालाई मात्रै उपलब्ध गराइएको उनको भनाइ छ। उनले स्थानीय नागरिकको समस्या र पीडा प्रत्यक्ष रूपमा देख्न पाएको तथा आफ्नै हातले हस्ताक्षर गरेको नागरिकता वितरण गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अनुभव भएको बताएकी छन्।

उनले भनिन्, ‘चितवनको अर्को कर्णालीजस्तो भनेर सुनेकी थिएँ। यहाँ आएर आफैँले भोगेँ। यहाँको अवस्था निकै कठिन रहेछ, सदरमुकामसम्म पुग्न दुई–तीन दिन खर्चिनुपर्ने ठाउँ पनि रहेछ। यहाँ आएर नागरिकता बाँड्न पाउँदा मलाई निकै सन्तुष्टि मिलेको छ। हामीले प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार राप्ती–१२, १३, १० र ११ मा घुम्ती शिविर राख्ने कि भन्ने थियो, तर १० र ११ बाट त्यति डकुमेन्ट आएन। १२ र १३ गरेर हाम्रो टोटल १२० को डकुमेन्ट आएको थियो।’

शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता परिचयपत्रसमेत बनाएको थियो। जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीको नेतृत्वमा बस्तीमै पुगेर नागरिकको मतदाता परिचयपत्र बनाइएको हो।

शिविरमा नागरिकता बनाउन आएका सेवाग्राहीलाई खाजाको प्याकेटसमेत उपलब्ध गराइएको थियो। सेवाग्राहीहरू वडा कार्यालयमा नै नागरिकता लिन तीन–चार घण्टा पैदल हिँडेर आएका थिए। वडामै नागरिकता पाएपछि उनीहरू खुसी भएका छन्।

राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले नागरिकता नभएका चेपाङ समुदायका नागरिकलाई नागरिकता वितरणका लागि आवश्यक कागजात संकलन गरी प्रशासनसँग समन्वय गरेका थिए।

Previous Post

एमाले सांसद खातुनको प्रश्नः सरकारको सुशासनको नारा कि ‘आसेपासे’ नियुक्ति ?

Next Post

सरकारको कामकारबाहीप्रति प्रमुख प्रतिपक्षको प्रश्नः ‘बहुमतको दम्भ कि कार्यकुशलताको अभाव ?’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In