• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

चोलेन्द्र शमशेर जबरा पनि दुधले नुहाएका व्यक्ति त होइनन्’–आले मगर आश्विन १५, २०८३ बिहीबार

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
चोलेन्द्र शमशेर जबरा पनि दुधले नुहाएका व्यक्ति त होइनन्’–आले मगर आश्विन १५, २०८३ बिहीबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेशकुमार आलेमगरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्राउबारे राष्ट्रिय मानव अधिकार आयोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले दिएको लिखित बयान सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद आलेमगरले पूर्वप्रधानन्यायाधीश जस्तो विशिष्ट व्यक्ति पक्राउ पर्नुको वास्तविकता र कारण थाहा पाउने अधिकार नेपाली जनता र सार्वभौम संसदलाई रहेको स्पष्ट पार्नुभयो।

भाषणका क्रममा उहाँले जबरा स्वयम् पनि निर्दोष वा विवादरहित व्यक्ति भने नरहेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार जबराले न्यायाधीश रहँदा गरेका कतिपय फैसलाहरू विवादित बनेका थिए भने ठूला मुद्दाहरूमा सफाइ दिएको, अकुत सम्पत्ति कमाएको आरोप लागेको, सर्वोच्चका न्यायाधीशहरूले आन्दोलन तथा नेपाल बार एशोसिएशनले इजलास बहिष्कार गरेको र महाअभियोग प्रस्ताव भोग्नुपरेको इतिहास छ।

यद्यपि, अहिले जबरा एक स्वतन्त्र नागरिक भइसकेको अवस्थामा व्यक्ति विशेषभन्दा पनि यस घटनाले बसाल्ने गलत नजिर र भविष्यमा पार्ने प्रभावप्रति आफ्नो गम्भीर चिन्ता रहेको उहाँले बताउनुभयो। पूर्वप्रधानन्यायाधीशमाथि नै कारण स्पष्ट नपारी यस्तो कदम चालिन्छ भने सर्वसाधारणको अधिकार कसरी सुरक्षित होला भन्दै उहाँले प्रश्न उठाउनुभयो।

कानूनी राज्यको मान्यताविपरीत सरकार नियम र कानून मिचेर अघि बढ्न नहुने भन्दै सांसद आलेमगरले एसएसपी खड्काको लिखित बयान अविलम्ब सार्वजनिक गर्न जोडदार माग गर्नुभयो।

Previous Post

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

Next Post

चाडपर्व लक्षित छुटले साल्ट ट्रेडिङका विक्री केन्द्रमा ग्राहकको चाप

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In