• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १५ असोज । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। दिनभर कारोबार समयमा नेप्से परिसूचक नकारात्मक थियो। बजारको अन्त्यमा झिनो अंकले सकारात्मक भएर बन्द भएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंक बढेर २५९९.१५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंक बढेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत् उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बुधबार चार अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। आज चार अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सिद्धार्थ बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले असोज १६ गते बुक क्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका छन्। अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

Previous Post

चाडपर्व लक्षित छुटले साल्ट ट्रेडिङका विक्री केन्द्रमा ग्राहकको चाप

Next Post

कर्णालीका सडक कहिले सुरक्षित बन्छन् ?–सांसद रखाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In