नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बोलन्द्र साहले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादस्पद अभिव्यत्तिबारे संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताए । उनले शुक्रवारदेखि संसदको २१ औँ अधिवेशन बन्द हुन गइरहेको भन्दै प्रष्टिकरण दिनुपर्ने नभए संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे । सांसद केसीले कालीगण्डकी नदी करिडोरअन्तर्गतका पुलपुलेसा तथा सडकको मर्मत, सम्भार र पुनः निर्माणको काम तत्काल अघि बढाउनसमेत सरकारसँग माग गरे ।
उनले बताए, ‘भोलिदेखि संसदको अधिवेशन बन्द हुँदछ । प्रधानमन्त्रीज्यूले संसदमा सीमासम्बन्धी दिनुभएको विवादस्पद अभिव्यक्तिको अहिलेसम्म जवाफ दिनुभएको छैन । या त उहाँले जवाफ दिनुपर्छ । नभए उहाँको यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । त्यसैगरी कालीगण्डकी नदी करिडोरका पुलपुलेसा, सडकको मर्मत सम्भार र पुनःनिर्माण सम्बन्धी कार्यहरु यथाशिबघ्र गर्न माग गर्दछु । कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुल समेत तत्काल मर्मत गर्न माग गर्दछु ।’
उनले कञ्चनपुरको दोधारा चाँदनीस्थित झोलुंगे पुल तत्काल मर्मत गर्न समेत सरकारको ध्यानाकर्षण गराएको बताए ।
