• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

धर्मान्तरण नरोकिए हिन्दु अल्पमतमा पर्ने खतरा छ, यसलाई रोक्न आन्दोलन नै गर्नुपर्छः धवल शमशेर जबरा

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
धर्मान्तरण नरोकिए हिन्दु अल्पमतमा पर्ने खतरा छ, यसलाई रोक्न आन्दोलन नै गर्नुपर्छः धवल शमशेर जबरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले नेपालमा पछिल्लो समय लोभ, लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढेको बताएका छन्।

बिहीवार पार्टीको काठमाडौं जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले धर्मान्तरण नरोकिए बहुसंख्यक रहेको हिन्दु समुदाय अल्पमतमा पर्ने खतरा रहेको बताएका छन्। धर्मान्तरण रोक्न आन्दोलन नै गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

उनले जय नेपाल पार्टीको मुख्य एजेण्डा नै संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको पुनःस्थापना भएकोले सोही उद्देश्यसहित अगाडि बढ्नुपर्ने बताएका छन्। उनले पार्टी हिन्दु अधिराज्यको पक्षमा रहे पनि अन्य धर्मावलम्बीलाई धार्मिक गतिविधि गर्न कुनै अवरोध नगर्ने बताएका छन्। तर धर्मान्तरण रोक्न भने जरुरी रहेको उनको भनाइ छ।

उनले आफूहरू सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह पनि सक्रिय राजसंस्थाको पक्षमा नभएको उनले दाबी गरेका छन्। २१औँ शताब्दीमा संवैधानिक व्यवस्थाबाहेक राजसंस्था सम्भव नहुने धारणा स्वयं शाहबाट समेत आएको उनले दाबी गरेका छन्।

उनले भनेका छन्, ‘राजा र हिन्दु अधिराज्यको एजेण्डा लिएर राप्रपालाई छोडेर सबै राजावादी, राष्ट्रवादी र सबै यो विचारमा मिल्ने व्यक्तिहरू, पार्टीहरू, समूहहरूलाई लिएर नयाँ एउटा मुभमेन्टमा हामी लागेका छौँ। यो पार्टीको मकसद एकदमै सिम्पल छ, हामीले यो मुलुकमा हाम्रो गुमेको मूल्य, मान्यता, धर्म, संस्कृतिलाई फिर्ता गर्ने हो, संवैधानिक राजा र हिन्दु अधिराज्य। हामीले सक्रिय राजतन्त्रको कल्पना गरेका छैनौँ।’

‘राजाले पनि एक हप्ता पहिले अब २१औँ शताब्दीमा संवैधानिकभन्दा बाहेक राजसंस्था आउन सक्ने परिस्थिति छैन र हुनुहुँदैन भन्ने आफैँ हुकुम भएको छ। त्यसकारणले हामी संवैधानिक राजाको कल्पना गरेका छौँ, हिन्दु अधिराज्यको कल्पना गरेका छौँ।’

‘हिन्दु अधिराज्य भन्दै गर्दा अरू धर्मावलम्बीलाई आफ्नो क्रियाकलाप गर्ने क्रममा कसैलाई बाधा, अवरोध, अड्चन गर्ने हाम्रो लक्ष्य होइन। हाम्रो कानूनले पनि धर्मान्तरण, धर्म परिवर्तन गर्ने कुरालाई रोक लगाएको छ, तपाईंहरूलाई थाहै छ। नेपालमा केही विगतका वर्षबाट तीव्र गतिले धर्म परिवर्तन भइरहेको छ, धर्मान्तरण भइरहेको छ। लोभ, लालच, प्रलोभनमा गरिब नेपाली जनतालाई धर्म परिवर्तन भइरहेको छ, त्यो कुरालाई हामीले रोक्नको लागि आन्दोलन नै गर्नुपर्छ।’

‘हामीले यो सकेनौँ भने आजको १० वर्ष, २० वर्षमा हामीले बहुसङ्ख्यक हिन्दु अधिराज्य जुन कल्पना गरेका छौँ, त्यो कल्पना एउटा ख्वाब मात्रै रहन्छ। किनकि बहुमत नै हाम्रो नहुने स्थिति विस्तारै सिर्जना गर्ने क्रम अगाडि बढिरहेको छ।’

उनले पार्टीले आगामी सबै निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा पनि गरेका छन्। दुईदेखि तीन महिनाभित्र देशभरका जिल्ला, नगर, निर्वाचन क्षेत्र र गाउँपालिकामा तदर्थ समिति गठन गरी स्थानीय तहको निर्वाचनको तयारी थाल्ने उनको भनाइ छ।

उनले स्थानीय तहमा संगठन निर्माणका लागि सक्रिय र सक्षम व्यक्तिहरू छनोट गरी समयमै उम्मेदवारी दिने तयारी रहेको बताएका छन्। समयमै टिकट दिँदा उम्मेदवारले संगठन विस्तार, चुनावी तयारी र जनसम्पर्कका लागि पर्याप्त समय पाउने उनको भनाइ छ।

जबराले दसैँ–तिहारपछि वा त्यस आसपास गौ संरक्षण तथा गौहत्याविरुद्ध आन्दोलन सुरु गर्ने बताएका छन्। धर्मान्तरण तथा धर्म परिवर्तनविरुद्ध पनि आन्दोलन अघि बढाउने उनको भनाइ छ। महिला संगठनमार्फत राजा सहितको हिन्दु अधिराज्यका पक्षमा भइरहेको हस्ताक्षर अभियानलाई तीव्रता दिने उनले बताएका छन्।

उनले पार्टीलाई व्यक्तिकेन्द्रित नभई लोकतान्त्रिक संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र कुनै व्यक्तिको ‘देवत्वकरण’ नगर्ने र सबै सदस्यलाई समान हैसियतमा राख्ने उनको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीले आउने सबै चुनावहरूमा प्रतिस्पर्धामा जान्छ। हामी देशभरि दुई–तीन महिनाभित्र सम्पूर्ण जिल्लामा जिल्ला, नगर, क्षेत्र र गाउँपालिकामा तदर्थ समिति बनाउँछौँ। त्यो तदर्थ समितिले उत्कृष्ट व्यक्तित्व, हुटहुटी भएको, मेरो स्थानीय निकाय बनाउँछु भन्ने व्यक्तित्वहरूको छनोट गरेर हामी समयमा नै उहाँहरूलाई टिकट दिन्छौँ।’

‘समयमा टिकट दिए भने उम्मेदवारले संगठन बनाउन सक्छ, आफ्नो व्यवस्था मिलाउँछ र जनतामा पनि त्यो व्यक्तिको चर्चा हुन्छ। चुनाव पुग्ने बेलासम्म एउटा जित्ने–हार्ने स्थितिमा त्यो व्यक्ति पुग्छ। त्यो क्रममा हामी अगाडि बढिरहेका छौँ।’

‘आउने दिनहरूमा यो दसैँ–तिहारपछि या यसको बीचमा हामी गौ रक्षाको र गौहत्याको आन्दोलन सुरु गर्छौँ, धर्मान्तरणको विरोध, धर्म परिवर्तनको विरोधमा आन्दोलन गर्छौँ। महिला संगठनले देशभरि राजा सहितको हिन्दु अधिराज्यको सिग्नेचर क्याम्पेन जुन अहिले भइरहेको छ, त्यसलाई थप मजबुत बनाउने क्रम अगाडि सार्छौँ।’

‘हामीले यो पार्टी प्रजातान्त्रिक पार्टी बनाएको हो। यो व्यक्तिको पार्टी होइन, यो पार्टीमा कसैलाई पनि देवत्वकरण गर्ने होइन। कार्यक्रममा नारा लगाउन पर्दैन। हामी बराबर हौँ, एउटालाई अगुवाकार मात्रै बनाइदिएको हो। देवत्वकरण गर्नुपर्ने कारण नै छैन र यो पार्टीमा त्यस्तो काम नहोस्। यस्तै काम गरेर नेपालका पार्टीहरू बिग्रिएको हो।’

उनले पार्टीका विभिन्न तहमा बहुमतबाट भएका निर्णयलाई सबैले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। असहमति राख्ने सदस्यले आफ्नो धारणा ‘नोट अफ डिसेन्ट’ का रूपमा अभिलेख गर्न सक्ने व्यवस्था गर्ने उनको भनाइ छ।

जबराले पार्टीको विधानमा युवा तथा महिलामैत्री प्रावधान समावेश गरिएको पनि जानकारी दिएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराज्यको एजेण्डालाई कमजोर बनाएको आरोप पनि लगाएका छन्।

Previous Post

राष्ट्रिय बहिरा महासंघविरुद्ध आन्दोलनः आर्थिक अनियमितताको छानबिन र नेतृत्वको राजीनामा माग

Next Post

पूर्वाधार क्षेत्रमा विदेशी लगानी बढाउन कानूनी र प्रक्रियागत सुधार आवश्यकः सभापति बास्कोटा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In