• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पूर्वाधार क्षेत्रमा विदेशी लगानी बढाउन कानूनी र प्रक्रियागत सुधार आवश्यकः सभापति बास्कोटा

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
पूर्वाधार क्षेत्रमा विदेशी लगानी बढाउन कानूनी र प्रक्रियागत सुधार आवश्यकः सभापति बास्कोटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाकृत रुपमा भित्र्याउन नसकिएको बताएकी छन् ।

शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन कुनै समस्या नभए पनि कार्यान्वयन प्रक्रियामा रहेका जटिलताले लगानीकर्तालाई निरुत्साहित गरिरहेको बताइन् ।

बास्कोटाले पूर्वाधार निर्माणका लागि ‘वान स्टेप’, ‘वान डोर’ र ‘वान विन्डो’ नीतिको व्यवस्था भए पनि व्यवहारमा त्यसअनुसार सेवा प्रवाह हुन नसकेको बताइन् । लगानीकर्ताले एउटा सरकारी निकायबाट स्वीकृति लिएपछि पुनः अन्य निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न डेटा एकीकरण र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।

बास्कोटाले विदेशी प्रत्यक्ष लगानीका क्रममा बैंकिङ तथा नियामकीय प्रक्रियामा देखिएका दोहोरो झन्झटले समेत लगानी प्रभावित भइरहेको बताइन् । विदेशी लगानीकर्ताले पटक–पटक व्यक्तिगत विवरण तथा फिङ्गरप्रिन्ट उपलब्ध गराउनुपर्ने प्रक्रियामाथि पुनरावलोकन गर्न जरुरी रहेको बताइन् ।

कानून निर्माणको उद्देश्य र विधायकको मनसाय स्पष्ट रूपमा व्याख्या गरिए कार्यान्वयन गर्ने निकायलाई समेत कानूनको उद्देश्य बुझ्न सहज हुनेतर्फ सचेत हुनुपर्ने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘लगानी ल्याउन समस्या छैन, एकदमै सजिलो छ । कानूनले विभिन्न दायराहरू तोकिदिएको छ, लगानी आउँछ । तर लगानी कार्यान्वयनको प्रक्रिया एकदमै कम्प्लिकेटेड छ । ‘वान स्टेप पोलिसी’, ‘वान डोर पोलिसी’ र ‘वान विन्डो पोलिसी’ भनेर जीओआईभित्रै नै राखिदिएको अवस्था छ । तर के साँच्चै त्यसले काम गरेको अवस्था छ त ? त्यसकारण हामीले आगामी दिनमा यी सबै समस्याहरू चिर्न सक्नुपर्छ । नभए हामीले यति ठूलो गोष्ठी गरेर नीतिगत सुधार कार्यान्वयनमा के हुन्छ भन्ने प्रश्न आउँछ ।

हामीले कुनै एउटा ठाउँबाट स्वीकृति लिइसकेपछि अन्य पाँच वटा सरकारी निकायमा हामी किन जाने भन्ने कुरा हो ? त्यो डेटा इन्टिग्रेसनको सिस्टम या हामी अनलाइन भन्छौँ, अनलाइन भए पनि यसमा हामीले समन्वय कसरी गर्ने ? डेटा इन्टिग्रेसन कसरी गर्ने ? हामीले यस विषयमा फोकस गर्न आवश्यक रहेको छ ।

एफडीआईको हकमा हामी फरेन डाइरेक्ट इन्भेस्टमेन्टको लागि कुरा गर्छौँ । तर एफडीआईको हकमा फेरि एनआरबीका विभिन्न रुल्स एन्ड रेगुलेसन तोकेर हाम्रा कमर्सियल बैंकहरूले तर्साइराखेको अवस्था छ । यो सबै समन्वयकारी भूमिकामा छैन । विदेशी लगानीकर्ताले एकचोटी फिन्गरप्रिन्ट दिएपछि उसले फेरि पटक–पटक किन दिन जाने ? यसमा हामीले काम गरेको खोइ त ? यसमा पनि काम गर्न आवश्यक छ ।’

उनले कानून कार्यान्वयनको गम्भीर समीक्षा गर्दै सोहीअनुसार सुधारको आवश्यकता रहेको बताइन् ।

Previous Post

धर्मान्तरण नरोकिए हिन्दु अल्पमतमा पर्ने खतरा छ, यसलाई रोक्न आन्दोलन नै गर्नुपर्छः धवल शमशेर जबरा

Next Post

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In