• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

झापाको हात्ती आतंक र सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
झापाको हात्ती आतंक र सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी हुन् । सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताइन् । उनले हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको बताएकी छन् । जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै उनले यस्तो कार्यप्रति असन्तुष्टि जनाइन् । केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताएका छन् । यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा उनले जोड दिइन् । ‘हात्ती आयो हात्ती आयो फुस्स’ भनेजस्तै हात्ती नियन्त्रणको सरकारी प्रयास प्रभावहीन बनेको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन ।’

उनले हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरेकी छन् । – न्युज एजेन्सी नेपाल

#IndiraRanaMagar #RSP #Jhapa #NepalParliament #WildElephantConflict #LandRights NepalNews #RSPNepal #NepalPolitics

Previous Post

संयुक्त राष्ट्र सङ्घमा प्रधानमन्त्री साहको सम्बोधन जलवायु न्यायका लागि नेपालको सशक्त आवाज–परराष्ट्रमन्त्री

Next Post

दैलेखमा ग्याँस उत्खनन कार्य रोकिएकोबारे सांसदको प्रश्नः सरकार किन छ बेखबर ?

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In