• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जनमत पार्टीको महाधिवेशन : सबै पदमा मतदान, निर्वाचित हुन २० प्रतिशत मत अनिवार्य

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
जनमत पार्टीको महाधिवेशन : सबै पदमा मतदान, निर्वाचित हुन २० प्रतिशत मत अनिवार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। असोज ९ गते आयोजना गर्ने भनिएको महाधिवेशन अविरल वर्षाका कारण स्थगित भएपछि अब भोलिदेखि पर्साको वीरगञ्जमा महाधिवेशन सञ्चालन हुँदैछ।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन प्रक्रिया भने असोज १७ गतेदेखि सुरु हुने जनाइएको छ।

अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ। यद्यपि, पार्टीको निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदमा पनि मतदान हुने र निर्वाचित हुन खसेको सदर मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।

अन्य पदमा भने एकभन्दा बढी उम्मेदवार मैदानमा छन्। उपाध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीका अनुसार अध्यक्षबाहेकका विभिन्न पदमा निर्वाचन हुने निश्चित भएको छ। उनका अनुसार महाधिवेशनमा दुई हजारभन्दा बढी मतदाता सहभागी हुनेछन्। मतदाताको अन्तिम नामावली भने कार्यकारिणी समितिको बैठकबाट टुंगो लगाइनेछ।

केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन्। सात उपाध्यक्ष पदका लागि १४ जना, महासचिवका लागि तीन जना, उपमहासचिवका लागि दुई जना र सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। त्यस्तै, कार्यकारिणी समितिको सदस्य पदका लागि ७३ जनाले उम्मेदवारी दिएका छन्।

उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाले उम्मेदवारी दिएका छन्।

महासचिव पदका लागि चन्दन सिंह, ममता झा र सञ्जयकुमार यादव प्रतिस्पर्धामा छन्। उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ।

सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेसी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह उम्मेदवार बनेका छन्।

निर्वाचन निर्देशिकाअनुसार महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य गरी १०० जना निर्वाचित हुनेछन्। बाँकी ५१ सदस्य भने समावेशी आधारमा मनोनयन गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याउने व्यवस्था गरिएको छ।

पार्टीका अनुसार महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक अध्यक्ष, बढीमा सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र बढीमा सात सचिव रहनेछन्।

निर्वाचनमा पराजित भएका वा रिक्त रहेका पदमा पार्टी अध्यक्षले मनोनयन गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। त्यस्तै, कोषाध्यक्ष र प्रवक्ताको मनोनयन गर्ने अधिकारसमेत अध्यक्षलाई दिइएको छ।

निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार कुनै पनि केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन खसेको कुल मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्नेछ। खुलातर्फ एउटै जिल्लाबाट बढीमा पाँच जना सदस्य मात्र निर्वाचित हुन सक्ने प्रावधान रहेको छ।

त्यस्तै, मतपत्रमा तोकिएको पद संख्याभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएमा माथिबाट क्रमशः आवश्यक संख्याका उम्मेदवारको मत मात्र मान्य हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ।

Previous Post

सुरक्षा निकायलाई पनि एलपी ग्यास वितरणको अनुमति दिने तयारी

Next Post

कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३ लाख ७९ हजार रुपैयाँका सामान बरामद

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In