• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काठमाडौं क्लाइमेट विक २०२६ आजबाट शुरु

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
काठमाडौं क्लाइमेट विक २०२६ आजबाट शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई जोड्ने उद्देश्यले काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ ।

‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय ः स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नाराका साथ शुरु भएको क्लाइमेट विकमा जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सिमित नराखी स्थानीय समुदाय, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय कुटनीतिसँग जोडेर छलफल गरिने आयोजकले जनाएको छ । क्लाइमेट विकका आयोजक तथा वैकल्पिक ऊर्जा तथा जलवायु विज्ञ कुशल गुरुङले नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम धेरै भएपनि जलवायु मुद्दालाई समाज र सहरको दैनिक जीवनसँग जोडेर समाधान खोज्न क्लाइमेट विक आयोजना गरिएको बताएका छन् ।

उनले भने, ‘हामीले जलवायु परिवर्तनलाई पहिला अन्तर्राष्ट्रिय विषय भन्थ्यौँ । भावी सन्ततिका लागि पृथ्वी राम्रोसँग छोडेर जानुपर्छ भन्ने सोचबाट शुरु भएको यो अभियान अहिले जलवायु परिवर्तनले हाम्रो घरआँगनमै असर पार्ने अवस्थामा आइपुगेको छ । अस्तिको घटनाले यो विषय कति ठूलो छ भन्ने देखाएको छ ।’

उनले क्लाइमेट विकको पहिलो बैठककै दिन रसुवामा बाढी आएको र त्यसपछि कार्यक्रम अघि बढाउने कि नबढाउने भन्नेमा समेत अन्योल भएको बताए । तर उक्त विपद्ले जलवायु संवादलाई न्याय र विश्वव्यापी ध्यानसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता झन् स्पष्ट पारेको उनको भनाइ छ ।

कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गरेका छन् । अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने कार्यक्रममा नीति निर्माता, सांसद, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, जलवायु प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी तथा विकास साझेदार सहभागी छन् ।

क्लाइमेट विकमा जलवायु वित्त, क्षति तथा नोक्शानी, जलवायु उत्थानशील पूर्वाधार, वैज्ञानिक तथ्याङ्क तथा अनुसन्धान, जैविक कृषि, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, निजी क्षेत्रको लगानी र युवाको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

अक्टोबर ३ मा १७ वटा समानान्तर सत्र सञ्चालन हुनेछन् । अक्टोबर ४ मा अग्रपंक्तिका समुदाय र कार्यान्वयनका अनुभवमा केन्द्रित छलफल हुनेछ । युवाको नेतृत्वमा जलवायु न्याय तथा रसुवा–भोटेकोशी बाढीसम्बन्धी विशेष सत्र र सांसदहरूको सहभागितामा जलवायु न्यायसम्बन्धी संवाद पनि आयोजना हुनेछ । आयोजकका अनुसार क्लाइमेट विकले स्थानीय समुदायका अनुभव र भुइँतहका पहललाई राष्ट्रिय नीति तथा नेपालको अन्तर्राष्ट्रिय जलवायु कुटनीतिसँग जोड्ने प्रयास गर्नेछ । क्लाइमेट विकपछि अक्टोबर ५ मा सार्वजनिक फिल्म प्रदर्शनसमेत आयोजना गरिनेछ । – न्युज एजेन्सी नेपाल

#KathmanduClimateWeek #ClimateJustice #ClimateActionNepal #NepalClimateDiplomacy #ResilienceNepal #NepalNews

Previous Post

पुराना पुस्तालाई गाली गर्दैमा देश बन्दैनः सांसद घतानी

Next Post

ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित आश्विन १६, २०८३ शुक्रबार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In