• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बसन र हात्तीसुँडे जोड्ने झोलुङ्गे पुल भत्किएपछि यहाँका करिब दुई सय विद्यार्थी दैनिक ज्यानको बाजी थापेर खोला तर्न विवश छन्।

२०८१ असोजको बाढीले पुलको जगमा क्षति पु¥याएपछि सुरु भएको यो जोखिमपूर्ण दैनिकीले स्थानीय बासिन्दा र विद्यार्थीलाई सास्ती दिएको हो। बिहान–बेलुका विद्यालय जान र फर्किन विद्यार्थीले आफ्नो झोला, जुत्ता र पोशाक हातमा बोकेर घुँडासम्म आउने चिसो भेलमा लड्खडाउँदै खोला तर्नुपर्ने बाध्यता छ। विद्यालय जाने उमेरमा अक्षर चिन्ने रहरसँगै मृत्युको त्रास बोक्न बाध्य यी बालबालिकाको सुरक्षाका लागि अहिलेसम्म कुनै वैकल्पिक व्यवस्था गरिएको छैन। स्थानीय बाबुराज न्यासुरजस्ता अभिभावकहरू आफ्ना छोराछोरीलाई खोला कटाउन दैनिक रूपमा खटिनुपर्ने अवस्था छ।

बाढी आउँदा बाटो पूर्ण रूपमा अवरुद्ध हुने र अभिभावक लिन नआउँदासम्म विद्यार्थीहरू घण्टौँ विद्यालयमै कुर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका छन्। स्थानीय न्यासुरका अनुसार यो समस्या वर्षौंदेखि कायम छ, तर सरोकारवाला निकायले पुल निर्माणका लागि कुनै पहल गरेको छैन।

सडक पूर्वाधारको अभावमा वर्षाको समयमा स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ। सामान्य वर्षामा समेत खोला तर्न जोखिम हुने भएपछि बालबालिकाको सुरक्षामा अभिभावकहरू सधैँ चिन्तित देखिन्छन्। स्थानीय बासिन्दाहरूले पटक–पटक पुल र सडक निर्माणका लागि आग्रह गरे पनि सुनुवाइ हुन सकेको छैन। पुलको अभावमा विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ। बाढीको जोखिम मोलेर विद्यालय जानुपर्ने र अवरुद्ध बाटोका कारण घर फर्कन नसक्ने अवस्थाले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ। स्थानीय सरकार र जनप्रतिनिधिहरूले अब ढिला नगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने माग स्थानीयको छ।

न्यासुरले पानी पर्दा खोलामा बाढी आउने र बाटो बन्द हुने अवस्था रहेको बताएका छन्। उनले बालबालिकाहरू घर फर्कन सक्ने अवस्था नहुने र अभिभावक लिन नआएसम्म उनीहरू विद्यालयमै पर्खेर बस्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो पीडा कसले बुझिदिने ? हामीलाई एउटा भरपर्दो पुल र व्यवस्थित बाटो चाहिएको छ । विद्यार्थीको भविष्यसँग जोडिएको यो विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिइदिनुपर्छ ।’

पुल क्षतिग्रस्त भएपछि बसन गाउँ नै टापुजस्तै बनेको छ। विद्यालय जाने विद्यार्थी मात्र नभई स्वास्थ्य उपचार, दूध बिक्री र दैनिक उपभोग्य वस्तु किन्न बजार जाने स्थानीय बासिन्दासमेत जोखिम मोलेरै खोला तर्न बाध्य छन्।

स्थानीय बासिन्दा भक्तबहादुर दुधराजका अनुसार समस्याबारे सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ हुन सकेको छैन। उक्त स्थानमा पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको भए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन। स्थानीयवासीहरूले लामो समयदेखि पुल निर्माणका लागि सम्बन्धित निकायमा माग राख्दै आए पनि सुनुवाइ हुन सकेको छैन।

पुलको अभावमा शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु खरिदका लागि हात्तीसुँडे जानुपर्ने स्थानीयका लागि यो यात्रा निकै सास्तीपूर्ण बनेको छ। विशेषगरी साना बालबालिकाको शिक्षा आर्जनमा पुल नहुँदा ठूलो बाधा उत्पन्न भएको दुधराजले बताएका छन्। चार–पाँच वर्षका बालबालिका विद्यालय जानका लागि जोखिमपूर्ण बाटो र नदी पार गर्नुपर्ने बाध्यता रहेको दुधराजले बताएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न, डेरीजन्य उत्पादन बजारसम्म पु¥याउन र वडा कार्यालय तथा पालिका केन्द्रसम्म जानका लागि समेत सोही मार्ग प्रयोग गर्नुपर्ने स्थानीयको बाध्यता छ। डीपीआर भएर पनि कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय प्रशासनप्रति नागरिकको असन्तुष्टि बढ्दो छ।

दुधराजले डीपीआर सम्पन्न भएको पनि करिब डेढ वर्ष भइसकेको तर अहिलेसम्म सम्बन्धित माथिल्लो निकायले कुनै चासो नदेखाएको बताएका छन्। उनले यस पुलको अभावमा विद्यालय जाने बालबालिकादेखि दैनिक दूध तथा डेरीजन्य उत्पादन, वडा कार्यालय, पालिका र बजारसम्म जान स्थानीयवासीले ठूलो सास्ती खेपिरहेका बताएका छन्। चार–पाँच गाउँका मानिसहरू दैनिक हात्तीसुँडे जानुपर्ने भएकाले पुल नहुँदा निकै दुःख र समस्या भोग्नुपरेको उनले बताएका छन्। त्यसैले सम्बन्धित निकायले यथाशीघ्र पहल गरी पुल निर्माणको काम अघि बढाइदिन उनले अनुरोध गरेका छन्।

बकैया गाउँपालिका ‘बालमैत्री स्थानीय तह’ घोषणा भइसकेको भए पनि बालबालिकाको आधारभूत आवतजावतको अधिकार नै सुरक्षित नहुनु प्रशासनिक कमजोरीको उपज हो। पक्की पुलको निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीयको दैनिक जीवन कष्टकर बनाएको छ भने बालबालिकाको भविष्यसमेत जोखिममा परेको छ।

Previous Post

काँग्रेसको १५ औँ महाधिवेशनः प्रविधिमैत्री बनाइँदै, मौजुदा विधानमा व्यापक हेरफेरको तयारी

Next Post

नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि खुलामञ्चमाः ७५ सय बढी प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चुनिँदै

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In