• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि खुलामञ्चमाः ७५ सय बढी प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चुनिँदै

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि खुलामञ्चमाः ७५ सय बढी प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चुनिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ। देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने यस पाँचदिने महाकुम्भले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ।

काठमाडौंको खुलामञ्चमा आज असोज १८ गते दिउँसो २ बजे भव्य समारोहका बीच नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने तय भएको छ। पाँच दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाउन खुलामञ्च परिसरलाई दुलहीझैँ सिङ्गारिएको छ भने सुरक्षा र प्राविधिक व्यवस्थापनलाई अन्तिम रूप दिइएको छ।

महाधिवेशनमा भाग लिन देशभरिका निर्वाचन क्षेत्र तथा जनसम्पर्क समितिहरूबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू संघीय राजधानी काठमाडौं आइपुगेका छन्। प्रतिनिधिहरूको आवास व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। साथै, महाधिवेशन प्रतिनिधिका लागि खानाको प्रबन्ध भृकुटीमण्डपमा मिलाइएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले बताएका छन्।

उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत नेताहरू सहभागी हुने निश्चित भएको छ।

यसैगरी, भारत, चीन र अमेरिकासहित विभिन्न मुलुकका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञहरूलाई समेत निम्त्याइएको छ। जसमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा काठमाडौं अवतरण गरिसकेकी छन्।

तालिकाअनुसार महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नेछन् भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

बन्दसत्र सञ्चालनका लागि खुलामञ्चमै तीनवटा छुट्टाछुट्टै डोम–हल निर्माण गरिएका छन् भने पत्रकारका लागि मिडिया सेन्टर र आकस्मिक स्वास्थ्य उपचारका लागि हेल्थ डेस्कको व्यवस्था गरिएको छ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि असोज १९ गते उम्मेदवारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ। मतदान प्रक्रिया भने असोज २१ र २२ गते सम्पन्न गरिनेछ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान कार्यलाई चुस्त र सहज बनाउन खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीन फरक स्थानमा मतदान केन्द्रहरू तोकिएका छन्।

Previous Post

मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

Next Post

गाजामा इजरायली हवाई हमलाः दुई लडाकु कमाण्डरसहित पाँच सर्वसाधारणको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In