• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, केही क्षेत्रमा संक्रमण दर घट्दो

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, केही क्षेत्रमा संक्रमण दर घट्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा जारी घातक इबोला महामारीका कारण मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। यद्यपि, केही प्रभावित स्वास्थ्य क्षेत्रमा लामो समयदेखि नयाँ संक्रमित नभेटिएकाले संक्रमण फैलावट संकुचित बन्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री रोजर काम्बाले महामारी अब प्रान्तीय तहमा भन्दा पनि निश्चित स्वास्थ्य क्षेत्रहरूमा मात्र सीमित हुँदै गएको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सातवटा प्रान्तमा पुष्टि भएका कुल ८ हजार ३ सय संक्रमितमध्ये ४ हजार १८ जनाको मृत्यु भइसकेको छ। यस महामारीमा बिरामीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ भने २ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन्।

मन्त्री काम्बाका अनुसार संक्रमण सुरु भएयता सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्र प्रभावित भएका थिए। तीमध्ये १२ वटा स्वास्थ्य क्षेत्रमा विगत ४२ दिनदेखि र अन्य आठवटा क्षेत्रमा २२ देखि ४२ दिनयता कुनै पनि नयाँ संक्रमण पुष्टि भएको छैन।

स्वास्थ्य क्षेत्रको संख्यात्मक विवरण प्रस्तुत गर्दै काम्बाले परिस्थितिबारे बताउँदै संक्रमण देखिने स्वास्थ्य क्षेत्रहरूको संख्या घटेको बताएका छन्। उनले भनेका छन्, ‘परिस्थिति अझै पनि परिवर्तनशील छ, तर संक्रमण देखिने स्वास्थ्य क्षेत्रहरूको संख्या घटेको छ। त्यसैले अब यो प्रकोप हाम्रो नियन्त्रणभन्दा बाहिर जान सक्दैन भन्ने हाम्रो निष्कर्ष छ।’

स्थानीय स्तरमा केही सुधार देखिए पनि अन्तर्राष्ट्रिय स्तरबाट भने सतर्कता अपनाउन आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय मानवीय तथा चिकित्सा सहायता संस्था ‘मेदेसाँ साँ फ्रोन्तिएर’ (एमएसएफ/डक्टर्स विदाउट बोर्डर्स) ले रोगको निगरानी र परीक्षण प्रणालीमा देखिएका कमजोरीका कारण वास्तविक क्षति आधिकारिक तथ्यांकभन्दा धेरै बढी हुनसक्ने चेतावनी दिएको छ।

गत मे महिनामा घोषणा गरिएको यो इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक साबित भएको छ। विश्वव्यापी रूपमा भने यो सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको भयानक महामारीपछिकै दोस्रो ठूलो इबोला संकट हो। स्वास्थ्य अधिकारीहरूले चुनौती बाँकी नै रहे पनि रोकथामका प्रयासहरू सघन बनाइएको जनाएका छन्।

#Ebola #DRC #DemocraticRepublicOfCongo #EbolaOutbreak #PublicHealth #HealthCrisis #GlobalHealth #DiseaseOutbreak #Epidemic #Healthcare #AfricaNews #WorldNews #HealthNews #MedicalCrisis #DiseasePrevention

Previous Post

जापानको विपक्षी दल कोमेइतोको नेतृत्वमा मित्सुनारी ओकामोटो चयन

Next Post

लात्भियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न, १४ दल चुनावी प्रतिष्पर्धामा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In