• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो
0
SHARES
0
VIEWS

पोखरा महानगरपालिकाले फेवातालको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित फिर्के खोलाको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएको छ।

असोज १५ गतेबाट सुरु गरिएको अभियानअन्तर्गत हालसम्म खोलाको मापदण्ड मिचेर निर्माण गरिएका २६ वटा पक्की संरचनामा महानगरले डोजर चलाएको हो।

महानगरपालिकाले केवल अवैध संरचना हटाउने कार्यमा मात्र सीमित नरही खोलाका दुवै किनारमा करिडोर (ट्र्याक) निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाएको छ। यसले भविष्यमा उक्त क्षेत्रमा व्यवस्थित सडक सञ्जाल र ढल निकासको व्यवस्था सुनिश्चित हुने अपेक्षा गरिएको छ।

यस अभियानअन्तर्गत चर्चित फिर्के खोला अतिक्रमण प्रकरणमा मुछिएका पूर्वमाओवादी नेता ज्ञानबहादुर कोइरालाको पाँचतले पक्की भवन पनि भत्काइएको छ। आफ्नो संरचना हटाइने विषयमा पहिले नै जानकार रहेको बताउँदै कोइरालाले तत्कालीन समयमा आवेगमा आएर गल्ती गरेको स्वीकार गरेका छन्।

महानगरको यो कदमले जुनसुकै प्रभावशाली व्यक्ति भए पनि कानुनको दायराभन्दा माथि कोही नरहेको बलियो सन्देश प्रवाह गरेको छ।

यद्यपि, महानगरको यो अभियानलाई स्थानीय बासिन्दाहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। अतिक्रमण हटाउने कार्यलाई अधिकांशले स्वागत गरे पनि यो केवल संरचना भत्काउनमा मात्र केन्द्रित हुने हो वा खोलाको दिगो व्यवस्थापन र सौन्दर्यीकरणमा पनि उत्तिकै सक्रियता देखाइने हो भन्ने विषयमा स्थानीयमाझ केही आशंका कायमै छ।

महानगरपालिकाले भने यो कार्य खोलाको दीर्घकालीन स्वच्छता र व्यवस्थित सहर निर्माणको महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ।

Previous Post

सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल

Next Post

नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav