• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जलवायु परिवर्तनअनुकूल सडक, पुल निर्माण गर्न डिजाइन कोड नै पुनरावलोकन गर्नुपर्ने देखियोः महानिर्देशक जैसी

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
जलवायु परिवर्तनअनुकूल सडक, पुल निर्माण गर्न डिजाइन कोड नै पुनरावलोकन गर्नुपर्ने देखियोः महानिर्देशक जैसी
0
SHARES
0
VIEWS

सडक विभागका महानिर्देशक डा. विजय जैसीले जलवायु परिवर्तनका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गएकाले अब पुरानै ढर्रामा पुलहरू बनाउन नसकिने अवस्था आएको बताएका छन् ।

बाढीपहिरोले सडक पूर्वाधारमा गरेको क्षति र अबको पुनर्निर्माणका बारेमा सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा उनले अब सडक तथा पुलका संरचनाको डिजाइन मापदण्ड पुनरावलोकन गरेरै अघि बढ्नुपर्ने अवस्था देखिएको बताए ।

उनका अनुसार बाढीको जोखिम मूल्यांकन, पुलको उचाइ, पियरको संरचना र ‘डेब्रिस फ्लो’बाट हुने क्षतिलाई समेत नयाँ डिजाइनमा समेट्नुपर्ने अवस्था आएको छ । जैसीका अनुसार इन्जिनियरिङमा प्रयोग हुँदै आएको ‘१०० वर्षको रिटर्न पिरियड’लाई पनि महत्वपूर्ण पुलका हकमा पुनरावलोकन गर्नुपर्ने देखिएको छ ।

बाढीको अधिकतम पानीको सतहलाई ध्यानमा राखेर निर्धारण गरिने ‘फ्री बोर्ड’ पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको जैसीले बताए । त्यससँगै सडक तथा पुल निर्माणमा प्रयोग हुँदै आएका डिजाइन कोडसमेत जलवायु परिवर्तनअनुकूल बनाउनुपर्ने उनले बताए ।

बाढीका क्रममा एउटा पुलको पियरमा ठोक्किएको संरचना अर्को पुलमा गएर क्षति पुर्‍याउने नयाँ जोखिम देखिएको बताउँदै उनले अब पुल निर्माण गर्दा यस्तो सम्भावनालाई समेत डिजाइनमा समेट्नुपर्ने बताए । नेपालजस्तो भौगोलिक अवस्था भएको मुलुकमा पुलको बीचमा पियर राख्नु थप जोखिमपूर्ण देखिएको उनले बताए ।

उनका अनुसार ढुंगा–मुढा बगाएर ल्याउँदा पियरमा ठक्कर दिन्छ । त्यसैले पियररहित र लामो स्पान भएका पुल निर्माणतर्फ जानुपर्ने देखिएको छ । पानीको बहाव मात्रैलाई आधार मानेर पुल डिजाइन गर्ने परम्परामा परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउँदै उनले बाढीसँगै ढुंगा, माटो, लेदो तथा अन्य वस्तु मिसिएर आउने ‘डेब्रिस फ्लो’ले पुल, पियर र अन्य संरचनामा थप भार सिर्जना गर्ने भएकाले त्यसलाई समेत डिजाइनमा हिसाब गर्नुपर्ने बताए ।

जलवायु तथा विपद्को बदलिँदो जोखिमसँग जुध्न पूर्वाधार निर्माणमा प्राविधिक ज्ञान र ज्ञान आदान–प्रदान पनि आवश्यक रहेको बताउँदै जैसीले लामो स्पानका पुल निर्माण गर्ने मात्रै नभई त्यसका लागि आवश्यक प्राविधिक क्षमता र पूर्वतयारीसमेत विकास गर्नुपर्ने अवस्था आएको बताए ।

जैसीका अनुसार महत्वपूर्ण पूर्वाधारमा ‘रिडन्डेन्सी’ अर्थात् वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि अहिलेका विपद्बाट देखिएको छ । कुनै महत्वपूर्ण जिल्ला सदरमुकाम एउटा मात्रै पुल वा सडकमा निर्भर भए विपद्का बेला सम्पर्क विच्छेद हुन सक्छ । त्यसैले ७७ वटै जिल्ला सदरमुकामलाई कम्तीमा दुई वा तीनवटा वैकल्पिक मार्गबाट जोड्न सकिने गरी पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

त्रिशूली नदीमा माथिदेखि तलसम्म २२ वटा पुल निर्माण भए पनि तीमध्ये कुन–कुन पुल रणनीतिक रूपमा महत्वपूर्ण छन् र तिनको वैकल्पिक व्यवस्था कति छ भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने उनले बताए ।

बेनीको मालढुंगास्थित आर्च ब्रिजको एप्रोच सडक बाढीले काटेपछि वैकल्पिक मार्ग निकै घुमाउरो र लामो हुन पुगेको उदाहरण दिँदै जैसीले त्यहाँ पनि पर्याप्त रिडन्डेन्सी नरहेको बताए । उक्त घटनाबाट पनि पूर्वाधारमा वैकल्पिक मार्गको आवश्यकता स्पष्ट भएको उनले बताए ।

महानिर्देशक जैसीले भने, ‘क्लाइमेट चेन्जअनुकूल हुने किसिमले अब हामीले संरचनाहरू डिजाइन गर्नुपर्छ । अनि हामीले ‘रिटर्न पिरियड’ भन्छौँ । हामीले कति वर्षको बाढीलाई आधार मानेर डिजाइन गर्ने भन्ने कुरा हो । इन्जिनियरिङमा १०० वर्षको रिटर्न पिरियड भन्ने हुन्छ । १०० वर्षको रिटर्न पिरियड भन्नाले १०० वर्षपछि मात्रै बाढी आउने भन्ने होइन । त्यो भोलि नै पनि आउन सक्छ । यो एउटा सांख्यिकीय (स्टाटिस्टिकल) टर्म हो । त्यसैले महत्वपूर्ण पुलहरूमा यसको मापदण्डलाई पनि अब पुनरावलोकन गर्नुपर्ने देखिएको छ ।

त्यसैगरी, हामी ‘फ्री बोर्ड’ भन्छौँ । अधिकतम पानीको सतह कति बढ्न सक्छ भन्ने आधारमा फ्री बोर्ड निर्धारण गरिन्छ । अब फ्री बोर्डलाई पनि परिवर्तन गर्नुपर्ने हो कि भन्ने देखिन्छ । हाम्रा डिजाइन कोडहरू पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ । जस्तै, एउटा पुलको पियरमा ठोक्किएर अर्को पुलमा क्षति पुर्‍याउने अवस्था आयो । यस्तो अवधारणाको हामीले पहिले कहिल्यै कल्पना गरेका थिएनौँ । अब पुल निर्माण गर्दा यस्तो सम्भावनालाई पनि ध्यान दिनुपर्ने रहेछ ।

त्यसपछि अग्ला पुलहरू बनाउनुपर्ने देखिन्छ । पुलको बीचमा पियर राख्ने काम पनि नेपालजस्तो भौगोलिक अवस्थाको देशमा निकै जटिल रहेछ । बीचमा पियर राख्नु नहुने रहेछ भन्ने देखियो । किनभने बाढीले ढुंगा–मुढा बगाएर ल्याउँदा त्यसले पियरमा ठक्कर दिन सक्छ । त्यसैले पियररहित, लामो स्पान भएका पुलहरू निर्माण गर्नुपर्ने देखिएको छ ।

त्यसपछि अर्को विषय ‘डेब्रिस फ्लो’ हो । हामीले अहिलेसम्म पानी मात्रै बग्छ र पानीले मात्रै संरचनामा असर गर्छ भनेर डिजाइन गर्दै आएका थियौँ । अब पानीसँगै ढुंगा, माटो, लेदो तथा अन्य वस्तु मिसिएर आउने डेब्रिस फ्लोले पुल, पियर र अन्य संरचनामा क्षति पुर्‍याउने देखिएको छ । यसले संरचनामा थप भार सिर्जना गर्ने भएकाले त्यसलाई पनि डिजाइनमा हिसाब गर्नुपर्ने देखिएको छ ।

त्यसपछि ज्ञानको पनि आवश्यकता छ । लामो स्पानका पुल बनाउने भनेर मात्रै हुँदैन । त्यसका लागि आवश्यक प्राविधिक ज्ञान विकास गर्नुपर्छ, ज्ञान आदान–प्रदान गर्नुपर्छ र पूर्वतयारी गर्नुपर्छ । त्यसैगरी, हामीले ‘रिडन्डेन्सी’ राख्नुपर्ने रहेछ । कुनै अत्यन्त महत्वपूर्ण जिल्ला सदरमुकाममा एउटा मात्रै पुल छ भने त्यसको वैकल्पिक मार्ग पनि हुनुपर्ने रहेछ । अब ७७ वटै जिल्लाका जिल्ला सदरमुकामलाई कम्तीमा दुई वा तीनवटा वैकल्पिक मार्गबाट जोड्न सकिने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

हामीले त्रिशूलीमा माथिदेखि तलसम्म विभिन्न स्थानमा २२ वटा पुल बनाएका छौँ । ती २२ वटै पुल महत्वपूर्ण थिए कि थिएनन् ? ती पुल निर्माण गर्दा रिडन्डेन्सीलाई हामीले कति विचार गरेका थियौँ भन्ने पनि अहिलेको घटनाबाट ठूलो पाठ सिकाइ भएको छ । अस्ति बेनीमा मालढुंगाको आर्च ब्रिजको एप्रोच सडक काटिएको थियो । त्यसपछि वैकल्पिक बाटोको दूरी निकै लामो हुने अवस्था देखियो । त्यहाँ पनि पर्याप्त रिडन्डेन्सी नरहेको देखियो । त्यसबाट पनि हामीले अर्को शिक्षा पाएका छौँ । त्यसैगरी, अब सडक विभागमा एउटा डिजास्टर युनिट पनि राख्नुपर्ने देखिएको छ ।’

बदलिँदो विपद् जोखिम व्यवस्थापनका लागि सडक विभागमा छुट्टै ‘डिजास्टर युनिट’ स्थापना गर्नुपर्ने आवश्यकता रहेको जैसीले बताए । महानिर्देशक र उपमहानिर्देशकले मात्रै विपद्का बेला व्यवस्थापन हेर्नेभन्दा त्यसका लागि संस्थागत प्रणाली आवश्यक रहेको उनले बताए ।

जैसीका अनुसार सधैँ महानिर्देशक, उपमहानिर्देशकहरूले मात्रै हेरेर हुँदैन । त्यसका लागि एउटा व्यवस्थित प्रणाली नै चाहिने भएको छ । त्यसकारण योजना र डिजाइनमै ‘डिजास्टर युनिट’ राख्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको उनले बताए ।

Previous Post

ब्याजदरको भारले थिचिएको निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड

Next Post

आजपा बिदेश बिभाग प्रमुखको जिम्मेवारी सापकोटालाई

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav