काठमाडौं, १९ असोज । आम जनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
असोज १८ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले सापकोटालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका सापकोटालाई नयाँ जिम्मेवारी दिइएकोमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना दिएका छन् ।
विदेश विभाग प्रमुखको भूमिकामा रहेर उनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूका समस्या समाधान र हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।
