२० असोज, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंक बढेको छ। यो वृद्धिसँगै नेप्से २ हजार ५७८ अंकमा कायम भएको छ।
कारोबार रकममा भने केही कमी आएको छ। अघिल्लो दिन ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ।
आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ।
बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार समूह ०.८२ प्रतिशत बढेका छन्। निर्जीवन बीमा ०.०६ प्रतिशत र माइक्रोफाइनान्स ०.१७ प्रतिशत घटेको छ।
त्रिशूली जलविद्युत्को मूल्य ५.११, सालपाको विकास बैंकको ३.७७, हाथवे इन्भेस्टमेन्टको ३.६५, बुटवल पावरको ३.५७ तथा लिबर्टी इनर्जीको मूल्य ३.५० प्रतिशत बढेको छ।
सर्वोत्तम पेन्ट्सको ४.९४, चिरख्वा हाइड्रोपावरको ३.०० तथा उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत मूल्य घटेको छ।
मंगलबार धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहेका छन्।
