• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

कोप–३१ का लागि मनोनीत अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
कोप–३१ का लागि मनोनीत अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोप–३१ का अध्यक्ष कुरुमद्वारा जलवायु जोखिम घटाउन तत्काल ठोस कदम चाल्न आह्वान

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का लागि मनोनीत अध्यक्ष मुरात कुरुमले विश्व समुदायलाई जलवायुजन्य जोखिम कम गर्न तत्काल ठोस कदम चाल्न आह्वान गरेका छन्।

फिजीको नाडीमा आयोजित पूर्व–सम्मेलनमा बोल्दै उनले अबका छलफलहरू नीतिगत बहसभन्दा माथि उठेर कार्यान्वयनयोग्य परियोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्रीसमेत रहेका कुरुमले १.५ डिग्री सेल्सियसको विश्वव्यापी तापमान वृद्धिको सीमा नाघ्नु गम्भीर संकटको संकेत भएको औंल्याएका छन्।

यद्यपि, यो सीमा नाघ्दैमा जलवायु प्रयासहरू अन्त्य नहुने बताउँदै उनले वर्तमानमा लिइने निर्णयहरूले नै भविष्यको परिणाम निर्धारण गर्ने स्पष्ट पारेका छन्।

कुरुमले भने, ‘अब हामीले के गर्ने भन्ने सैद्धान्तिक बहसबाट माथि उठेर वैज्ञानिक तथ्यहरूलाई ठोस नीतिमा, नीतिलाई परियोजनामा र परियोजनालाई मापनयोग्य नतिजामा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।’

उनको नेतृत्वमा टर्कीले १.५ डिग्रीको लक्ष्यलाई जीवित राख्न दीर्घकालीन संयन्त्र निर्माण गर्ने अठोट गरेको छ। बैठकले विश्वका ५० भन्दा बढी मुलुकका मन्त्री र जलवायु वार्ताकारहरूलाई एकै ठाउँमा ल्याएको छ।

यस भेलाले औपचारिक वार्ताअघि विभिन्न राष्ट्रका प्राथमिकता र विवादका विषयहरू पहिचान गरी सहमति जुटाउने आधार तय गर्ने लक्ष्य राखेको छ। बैठकमा जलवायु वित्तमा पहुँच, महासागर र जलवायुबीचको अन्तरसम्बन्ध तथा नवीकरणीय ऊर्जातर्फको संक्रमणजस्ता मुख्य मुद्दाहरूमा गहन छलफल भइरहेको छ।

सहभागी राष्ट्रहरूले कोप–३१ लाई जलवायु एजेण्डाको एउटा ‘टर्निङ प्वाइन्ट’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Previous Post

यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी

Next Post

विद्यादेवी भण्डारीले शपथ लिएपछि एमाले स्थायी कमिटी बैठक बस्ने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In