• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

साझा प्रयासबाटै समृद्ध नेपाल निर्माण सम्भव : राष्ट्रपति पौडेल

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
साझा प्रयासबाटै समृद्ध नेपाल निर्माण सम्भव : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र तथा समाजका सबै पक्षबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको आर्थिक विकासका लक्ष्य पूरा गर्न निजी क्षेत्रले लगानी, उत्पादन, रोजगारी र उद्यमशीलतामा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले उद्योगी तथा व्यवसायीको प्रगति समग्र राष्ट्रिय आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई उत्पादनमुखी, गतिशील र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार तथा सहज प्रशासनको व्यवस्था गर्नुपर्छ भने निजी क्षेत्रले उत्पादन र लगानी विस्तारसँगै नयाँ उद्यम, प्रविधि तथा रोजगारी सिर्जनामा योगदान बढाउनुपर्छ।

उनले आगामी आर्थिक प्राथमिकता उत्पादन र निर्यात वृद्धि, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, रोजगारीका अवसर विस्तार गर्ने तथा नेपाली वस्तु र सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।

जलविद्युत्, पर्यटन, कृषि, कृषिमा आधारित उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा नेपालसँग पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। युवालाई स्वदेशमै रोजगारी, लगानी र उद्यमशीलताको अवसर उपलब्ध गराउनु साझा जिम्मेवारी भएको उनले बताए।

डिजिटल प्रविधिको विस्तार र विश्वव्यापी प्रतिस्पर्धा बढिरहेका बेला महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा तथा उद्यमलाई विश्व बजारमा विस्तार गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने राष्ट्रपति पौडेलले बताए।

यसैगरी, पछिल्लो समय नेपालले ठूलो प्राकृतिक विपद्को सामना गरेको स्मरण गर्दै उनले विपद्का बेला उद्धार, राहत तथा समन्वयमा महासङ्घले गरेको सहयोगको प्रशंसा गरे। विपद् व्यवस्थापनदेखि आर्थिक पुनरुत्थानसम्म राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।

Previous Post

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

Next Post

दसैंमा काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डरबाट ग्यास साट्न सकिने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In