• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययन समिति सभापति पौडेलद्वारा शपथ ग्रहण

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययन समिति सभापति पौडेलद्वारा शपथ ग्रहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणसँगै समितिको पहिलो बैठक बिहीवार नै बसेको छ ।

बैठकका क्रममा बोल्दै समिति सभापति कृष्णप्रसाद पौडेलले सचिवालयको कार्यसम्पादन नै समितिको सफलताको आधार भएको बताएका छन् । उनले सचिवालयलाई पूर्ण रूपमा चुस्त, दुरुस्त र स्फूर्त बनाउन आवश्यक स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

समितिको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा सम्बोधन गर्दै सभापति पौडेलले नतिजा ल्याउने मुख्य जिम्मेवारी सचिवालयको काँधमा रहेको औँल्याएका छन् । पौडेलले सचिव र सहसचिवसहितका प्रशासनिक नेतृत्वप्रति ठूलो आशा र भरोसा व्यक्त गरेका छन् ।

उनले भने, ‘रिजल्ट सहजै आउने भनेको सचिवालयकै तर्फबाट हो । र म के निवेदन गर्न चाहन्छु भने यो कामको संवेदनशीलतालाई ध्यानमा राखेर हाम्रो सचिवालय अत्यन्तै कम्पिटिटिभ ह्युमन रिसोर्सेस, फाइनान्सियल रिसोर्सेस अथवा कुनै पनि चिजले हैन अभाव नरहने ढङ्गले हाम्रो सचिवालय चुस्त, दुरुस्त र स्फूर्त हुने कुरामा पनि म सय प्रतिशत अब म विश्वास राख्दछु । सचिवज्यू, सहसचिवज्यूहरू सबैसँग मैले ठूलो आशा, विश्वास, भरोसा राखेको छु र यसको रिजल्ट कस्तो आउँछ भन्ने कुरो आज अनुमान गर्ने हो भने सचिवालयले जति डेडिकेसन गर्छ, जति मेहनत गर्छ, सचिवालय जति इक्विप्ड हुन्छ, तदनुरुपको रिजल्ट आउँछ भन्ने कुरामा म विश्वस्त छु ।’

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायत गोरखा, चितवन, नवलपुर जिल्लामा ठूलो क्षति भएको थियो । जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनःस्थापना लगायतको समीक्षा गर्नेगरी संयन्त्र बनाइएको थियो ।

समितिमा सांसदहरू कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् । प्रस्तावित समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ ।

यस्तै संसदीय विशेष समिति यसअघि नै प्रतिनिधि सभाले गठन गरिसकेको छ । प्रतिनिधि सभाले संसदीय विशेष समिति गठन गरेर अगाडि बढेसँगै राष्ट्रिय सभाले पनि संसदीय विशेष समिति बनाएको थियो ।

Previous Post

राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद

Next Post

नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In