• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताएका छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द भएको थियो । नाका बन्द हुँदा नेपाल–चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ ।

प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवर्द्धन गर्ने कामलाई पनि अघि बढाएको बताएका छन् । सोहीअनुसार जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

उनले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको सहभागिता, नेतृत्व र प्रतिनिधित्वलाई राष्ट्रिय हितअनुकूल बनाउँदै आपसी हित प्रवर्द्धन गर्ने कामलाई समेत अघि बढाइएको बताएका छन् ।

उनले भने, ‘गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् रसुवागढी नाका बन्द भएको विषय अवगत नै छ । नेपाल–चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी–झाङ्मु र लिजी–कोरालालगायतका नाकाहरू खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।

विभिन्न समयमा विभिन्न कारणले विदेश पुगेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेजहरू स्वदेश फिर्ता ल्याई तिनको संरक्षण तथा प्रवर्द्धन गर्ने दिशामा सरकारले आवश्यक कार्यहरू गरिरहेको छ । जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी लिखित कागजातहरू २ अक्टोबर २०२६ मा नेपालको राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा जर्मनीको हाइडेलबर्ग युनिभर्सिटीका प्रोफेसर डाक्टर एक्सल मिखाएल्स, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू तथा शोधकर्ताहरू डाक्टर माणिक वज्राचार्य र डाक्टर राजन खतिवडाले संयुक्त रूपमा माननीय परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका छन् ।

क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने नीतिअनुरूप नेपाल आबद्ध रहेका क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको राष्ट्रिय हितअनुकूल हुने गरी तथा सरोकारवाला सबैसँग समन्वय गर्दै नेपालको नेतृत्व, प्रतिनिधित्व तथा आपसी हितलाई प्रवर्द्धन गर्ने विषयसमेत अगाडि बढाइएको छ।’

उनले परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणबारे समेत जानकारी दिएका छन् ।

 

Previous Post

सरकारलाई सशस्त्र प्रहरी बलको सुझावः बाढी–पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्

Next Post

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In