• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रबार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घटनालगत्तै उद्धार कार्य सुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन् । उक्त समितिलाई पाँच दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भने, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’

यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भए पनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ । विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्ड पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताएका छन् । प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ ।

 

Previous Post

तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय

Next Post

दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In