• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले विटौरी जग्गामा बसोवास गर्दै आएका नागरिकहरूको हक सुरक्षित गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार सरकारले लामो समयदेखि विटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने प्रक्रियालाई सहज बनाउन ‘विटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ ।

आर्थिक क्षेत्रमा सरकारले नेपालको भूकम्पीय जोखिम व्यवस्थापनका लागि विश्व बैंकसँग सम्झौता अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वन’ सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

खेलकुद क्षेत्रको प्रोत्साहनका लागि सरकारले जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसले राष्ट्रिय गौरव बढाउने खेलाडीहरूको मनोबल उच्च राख्ने अपेक्षा गरिएको छ ।

उनले भने, ‘विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वनसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने ।

विटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।

जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।

नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।’

प्रशासनिक क्षेत्रमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरिएको छ । बढुवासँगै उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

Previous Post

दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा

Next Post

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आवद्ध भएँः भण्डारी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In