• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एभरेष्ट मल्टिस्किल्सले ३० वटा विधामा प्राविधिक तालिम सञ्चालन गर्ने

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
एभरेष्ट मल्टिस्किल्सले ३० वटा विधामा प्राविधिक तालिम सञ्चालन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एभरेष्ट मल्टिस्किल्स प्रालिले भक्तपुरको दधिकोटमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक तथा सीपमूलक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ।

आइतबार आयोजित एक कार्यक्रमबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन्। केन्द्रले स्वदेशी तथा अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक पर्ने दक्ष, अनुशासित र कार्यस्थलमा प्रत्यक्ष काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
कम्पनीका निर्देशक अनन्तराम खतिवडाका अनुसार केन्द्रमा प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ र केयरगिभरलगायतका विभिन्न विधामा तालिम सञ्चालन गरिनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त गरेको उनले बताए। सम्बन्धन प्राप्त सबै विधामा तालिम सञ्चालन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

उनका अनुसार प्रशिक्षण केन्द्रमा १५० शय्याको आवासीय सुविधा उपलब्ध छ। प्रशिक्षार्थीलाई प्राविधिक सीपका अतिरिक्त अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक पर्ने कार्यअनुशासन, व्यावसायिक आचरण र सहकार्यको संस्कृतिबारे समेत प्रशिक्षण दिइनेछ।
खतिवडाले भने, “हामीले भक्तपुरको दधिकोटमा ५६ हजार ७६० वर्ग फिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको आवासीय क्याम्पस निर्माण गरेका छौँ। स्काफोल्डिङसम्बन्धी व्यावहारिक तालिमका लागि ११ हजार ५२८ वर्ग फिटको विशाल इन्डोर हल पनि तयार गरेका छौँ।
“सीटीईभीटीबाट ३० वटा ट्रेडमा सम्बन्धन लिएर प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ र केयरगिभरजस्ता विभिन्न कार्यक्रम एकैपटक सञ्चालन गर्न सक्ने क्षमता विकास गरेका छौँ। हामी म्यानपावर व्यवसायी होइनौँ, बरु नेपाल र विश्व श्रम बजारका लागि काम गर्न तयार दक्ष जनशक्ति उत्पादन गर्ने आधुनिक प्राविधिक प्रशिक्षण संस्था हौँ।

“१५० शय्याको आवासीय सुविधा रहेको यस केन्द्रमा युवाले प्राविधिक सीपसँगै अन्तर्राष्ट्रियस्तरको कार्यअनुशासन र व्यावसायिक आचरण पनि सिक्नेछन्।”
उनले प्रशिक्षण केन्द्रको प्रभावकारी सञ्चालनका लागि सरकार, नियामक निकाय र वैदेशिक रोजगार क्षेत्रका सरोकारवालासँग सहकार्य गर्न आग्रह गरे। सीप विकास तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सरकारी नीति र कार्यक्रम कार्यान्वयनमा निजी क्षेत्रका प्राविधिक प्रशिक्षण संस्थाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
राष्ट्रिय सीप विकास कार्यक्रम तथा श्रम बजारसँग सम्बन्धित योजनामा एभरेष्ट मल्टिस्किल्सलाई समेत साझेदारका रूपमा समावेश गर्न उनले सरकारसँग आग्रह गरे। आगामी दिनमा सञ्चालन हुने सीपमूलक तालिम, वैदेशिक रोजगारी लक्षित प्राविधिक कार्यक्रम र सीप प्रमाणीकरणसम्बन्धी परियोजनामा सहकार्य गर्न कम्पनी इच्छुक रहेको उनले बताए।

३० वटा ट्रेडमा सम्बन्धन प्राप्त यस संस्थाको पूर्वाधार र तालिम सञ्चालन क्षमतालाई सरकारी सीप विकास कार्यक्रमसँग जोड्न सके दक्ष जनशक्ति उत्पादन गर्न तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उनले बताए।

Previous Post

सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौंः मन्त्री यादव

Next Post

मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In